मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वामएकता निर्दलीय शासन ल्याउने प्रयास : महामन्त्री डा कोइराला

वामएकता निर्दलीय शासन ल्याउने प्रयास : महामन्त्री डा कोइराला


हिमालय खबर संवाददाता
गैँडाकोट, नवलपरासी– नेपाली काँग्रेसका महामन्त्री तथा पूर्वी नवलपरासी क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार डा शशांक कोइरालाले अहिलेको निर्वाचन सिद्धान्तको लडाइँ भएको बताएका छन् । 
 
गैँडाकोटमा शनिबार भएको चियापान कार्यक्रममा डा कोइरालाले वामपन्थी एकता भनेको दुईतिहाई बनाएर संविधान परिवर्तन गरी निर्दलीय शासन ल्याउने प्रयास भएको आरोप लगाए । 
 
महामन्त्री कोइरालाले संविधान कार्यान्वयनका लागि यो चुनाव  र समृद्धिका लागि नेपाली काँग्रेस आवश्यक भएको बताए । कोइरालाले काँग्रेसले देशमा पूर्वाधार खडा गरेको भन्दै ८ हजार किलोमिटरको बाटो ८१ हजार किलोमिटर पुगेको, एकवटा विश्वविद्यालयबाट १० विश्वविद्यालय पुगे, एउटा मेडिकल कलेजबाट १८ पुगेको दृष्टान्त पेस गरे । 
 
हरेक गाउँमा उपस्वास्थ्य चौकीको अवधारणा नेपाली काँग्रेसको भएको भन्दै कोइरालाले नेपाली काँग्रेस विकास उन्मुख भएको स्पष्ट पारे । 
 
पूर्वी नवलपरासी क्षेत्र नं १ (क) का प्रदेशसभा उम्मेदवार कृष्णचन्द्र नेपालीले वाम गठबन्धनको दाउ लोकतन्त्रलाई उपयोग गरेर लोकतन्त्रलाई तिर हान्ने रहेको बताए । 
 
लोकतन्त्रको संरक्षणको लागि मात्रै वामएकताबाट डराएर नभएर लोकतन्त्रको संरक्षणका लागि लोकतन्त्रका लागि खतरा भएको नेपालीको भनाइ थियो । 
 
डा कोइरालाको आफ्नै निवासमा आयोजित चियापान कार्यक्रममा समानुपातिकका उम्मेदवार तिलकप्रसाद सापकोटाले वाम गठबन्धनबाट डराउन नपर्ने भन्दै यसपटकको चुनावलाई महायज्ञको चुनावको संज्ञा दिए । 
 
नेपाली काँग्रेस नवलपरासीका जिल्ला कोषाध्यक्ष ओमप्रसाद सापकोटा र नेपाली काँग्रेस महासमिति सदस्य मदनभक्त अधिकारीले काँग्रेसभित्र एक स्वर भएर लोकतन्त्रको विजय सुनिश्चित भएको उल्लेख गरे । चियापान कार्यक्रममा नेपाली काँग्रेसका विभिन्न संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।