मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मापसे गर्ने प्रहरी अधिकारी आफैँ कारबाहीमा

मापसे गर्ने प्रहरी अधिकारी आफैँ कारबाहीमा


हिमालयखबर संवाददाता–
नवलपरासी – मादक पदार्थ सेवन गरी स्थानीयलाई दादागिरी देखाउने प्रहरी अधिकारी कारबाहीमा तानिएका छन् ।
नवलपरासीको दाउन्ने सुस्तापूर्व जिल्लाको इलाका प्रहरी कार्यालय दुम्किबासमा कार्यरत प्रहरी निरीक्षक मोहनमान श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले कारबाहीको लागि जिल्ला बोलाएको छ ।
 
उनले दुम्किबासमा मादक पदार्थ सेवन गरी स्थानीय बासिन्दा, होटलका ग्राहक तथा व्यापारीहरुलाई अपशब्द गरी कुटपिट गरेकोले जिल्ला प्रहरी कार्यालय नवलपरासीले कारबाही सुरू गरेको हो ।
 
उनलाई शनिबार साँझ नै इलाका प्रहरी कार्यालय दुम्किबास ल्याइएको र उनलाई अहिले जिल्ला प्रहरी कार्यालयमा विभागीय कारबाहीको लागि पठाइएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक नविनराज राईले बताए ।
 
उनले मादक पदार्थ सेवन गरी स्थानीयलाई अपशब्द प्रयोग गरी कुटपिट गरेको र पछि प्रहरी पोशाकमा गस्तीको सवारीसहित लिएर गएपछि गाउँलेले प्रतिकार गरेको स्थानीयले बताएका छन् ।
 
उनले करिब ९ जनालाई अपशब्द प्रयोग गर्नुका साथै कुटपिट गरेका थिए । प्रहरी निरीक्षक श्रेष्ठको कुटाइबाट दुई जना घाइते भएको स्थानीय शम्भु श्रेष्ठले बताए । प्रहरी निरीक्षकको ज्यादतीको विरुद्ध भन्दै स्थानीयले इलाका प्रहरी कार्यालय दुम्किबास र विनयी त्रिवेणी गाउँपालिकाको कार्यालयमा घेराउ गरेका छन् ।
 
उनीहरुले प्रहरी निरीक्षक श्रेष्ठलाई कारबाही गर्नुपर्ने र जनताले आफ्नो जनधनको सुरक्षाको प्रत्याभूति हुन पाउनुपर्ने माग गर्दै प्रदर्शनसहित घेराउ गरेका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख मुकुन्दराज आचार्य अनुसन्धान गरी तत्काल इलाका प्रहरी कार्यालय दुम्किबासका प्रमुख मोहनमान श्रेष्ठलाई