नवलपरासी । नवलपरासीको कावासोतीमा नारायणी नदीले बगाउँदा दुईजना बालक बेपत्ता भएका छन् । कावासोती–११ लौगाई घाटमा पौडी खेल्ने क्रममा बुधबार दुईजना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय नवलपरका सहायक प्रहरी निरीक्षक रुक्मागत न्यौपानेका अनुसार बेपत्ता हुनेमा कावासोती ११ लौगाई निवासी १० वर्षका समन महतो र ८ वर्षको थमप्रसाद महतो रहेका छन् ।
बेपत्ताको स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा खोजी जारी छ । पौडी खेल्न गएका उनीहरु एकाएक नदीमा बेपत्ता भएपछि अन्य साथीले आफन्तलाई खबर गरेका थिए ।
प्रतिक्रिया