काठमाडौँ । सर्वोच्च अदालतमा तत्कालीन प्रधानन्यायाधीश सुशीला काकीविरुद्ध व्यवस्थापिका–संसदमा दर्ता गरिएको महाअभियोगको प्रस्तावविरुद्ध परेको रिट निवेदनको सुनुवाइ संवैधानिक इजलाशमा हुने भएको छ ।
कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश प्रकाशमान सिंह राउतको संयुक्त इजलाशले आज संवैधानिक इजलाशमा पठाउने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए ।
सो महाअभियोगको प्रस्तावविरुद्ध अधिवक्ता सुनिलरञ्जन सिंहले रिट निवेदन दायर गरेका थिए ।
कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले तत्कालीन प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग दर्ता गरेका थिए । त्यसविरुद्ध परेको रिटमा न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल एजलासले महाअभियोग अघि नबढाउन अन्तरिम आदेश दियो । लगतै कार्की पुनः काममा फर्किएकी थिइन् ।
उनले उमेर हदका कारण अवकास पाइसकेकी छन् भने दलहरुले पनि महाअभियोग प्रस्ताव फिर्ता लिइसकेका छन् । तर, अदालतमा मुद्दा भने टुंगो लागेको छैन ।
प्रतिक्रिया