मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रोल्पाको धवाङमा अज्ञात व्यक्तिले मतपत्र जलाए

रोल्पाको धवाङमा अज्ञात व्यक्तिले मतपत्र जलाए


रोल्पा । जनता आधारभूत विद्यालय धवाङ रोल्पामा मतदानको क्रममा अज्ञात समूहले मतपेटिकामा आगो लगाइ मतपत्र जलाएका छन् । 
 
रोल्पा नगरपालिका–१० मा रहेको सो मतदान केन्द्रमा एक सय ५० वटा मत खसिसकेको थियो । मतदान भइरहेका बेला मतपेटिकामा अज्ञात व्यक्तिले लगाएको आगोबाट करिब १५ वटा मतपत्र जलेको सुरक्षा स्रोतले बताएको छ । 
 
मतपेटिकामा एक मतदाताले एसिड हालिदिएपछि रोल्पा नगरपालिका वडा नम्बर १० भनभने मतदान केन्द्रमा स्थगित भएको मतदान पुनः सुरु भएको छ । सर्वदलीय बैठकमा मतदान जारी राख्ने सहमति भएपछि दुई बजेर पाँच मिनेटबाट पुनः मतदान सुरु गरिएको हो ।
 
भनभने मतदान केन्द्रको बुथ ‘ख’ को मतपेटिकाभित्र एक मतदाताले एसिड हालेर फरार भएका थिए । मतपेटिकाको सुरक्षामा खटिएका प्रहरीले देखेपछि एसिडले जलेको थाहा भएको थियो । तर, ति व्यक्ति भाग्न सफल भएका छन् ।
 
रोल्पाका प्रमुख जिल्ला अधिकारी डा. विजन भट्टराईले ति व्यक्तिको पहिचान भइसकेको भन्दै छिट्टै पक्राउ गर्ने बताए । तर, उनले पहिचान खुलाउन भने मानेनन् ।