मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

एनआरएनएमा युवा शक्त्ति

एनआरएनएमा युवा शक्त्ति


युवा तथा युवती भन्नाले तरुण अर्थात् जवानीले नछाडेको र बुढायाईले नछोएको व्यक्त्ति भन्ने बुझिन्छ । कुनै समयको सीमाभित्र बालक,युवा वृद्ध मानिने पुस्ता मध्ये सबै भन्दा तन्नेरी युवा तथा युवती जवान स्त्री तरुनी आदिलाई पनि युवा नै भनिन्छ । जसको उमेर सोह्र वर्ष माथि र चालिस वर्ष मुनिको कलकलाउँदो हुन्छ  ।
 
युवा शक्त्ति संसारको कुनै पनि देशमा त्यस देशको भविष्य बनेर जन्मन्छ र वर्तमान पनि त्यही हुन्छ । त्यस देशले अर्थात् समाजले आँफ्ना जन्मदै र हुर्कन्दै गरेका सन्ततिलाई हेरेर आँफ्नो सुन्दर भविष्यको कल्पना गर्न सक्छ । हाम्रो नेपाली डायस्पोराको समाजमा पनि बढदै गरेको वर्तमानको जाग्रित युवा शक्त्ति नै हाम्रो एनआरएनको भविष्यको ज्ञारेन्टि हो । 
 
यो सुन्दर भविष्यको दियोलाई हामी नेपालीले हावा, हुरी र भीषण वर्षा मात्र नभई हुण्डरी बाट जोगाउनु हाम्रो कर्तव्य हो । यस्तो हुर्कंदै गरेको युवा शक्त्तिको स्वाभाव, प्रभाव र शक्त्ति वर्षाको भेल जस्तो बग्दो हुन्छ । 
 
यो युवाको भेललाई सरोवर ताल, नहर तथा बिजुली जस्तै सदुपयोग गर्यों भने सुन्दर नेपालको सुन्दर शक्त्तिमा परिणत हुन्छ । जसले विकासको तथा प्रगतिको बुलंदिलाई चुम्न सक्छ । यदि त्यो युवा शक्त्तिको दमलाई समयमै चिनेर हाम्रो बग्दै गरेको डायस्पोरा नेपाली समाज अर्थात् एनआरएनएले समय मै सोचेन भने  यो शक्त्ति भयंकर बाढी प्रकोप अर्थात् बर्बादिको बाटोबाट आपत् बिपत आई समाज नै अस्त व्यस्त बन्न सक्छ ।
 
यसै विषयमा गीता सार पाँचौ  अध्यायको  पं गौरी शङ्कर द्वारा लिखित महाभारतको ६९ औँ श्लोक वाट-
बत्तीमा परि डढ्दछन पुतली जो, अज्ञानको कारण ।
भोग्छन कष्ट  अनेक लोक सुखमा,आनन्द खोज्ने जन ।। 
इच्छा बढ्दछ भोगको जति बढी, पाए पनि अर्जुन ।
त्यसलाई सुख प्राप्त हुन्न कहिल्यै, आसक्त्तिकै कारण ।।
 
यसरी गीतामा श्री कृष्णले भन्नु भएको छ "आनन्द खोज्नका लागि मानिस  दलदलमा फँस्दछ र अज्ञानका कारणले बत्तीमा परेर पुतलीहरु डढ्दछन् । त्यसैले हाम्रो धर्मको ज्ञान गीताको ज्ञान, बुध्दको ज्ञान हाम्रो संस्कार हाम्रा सन्ततिलाई दिन सक्यौं र नयाँ टेक्नोलोजीको ज्ञान उनीहरूले पढाइबाट लिन सके भने हाम्रा सन्तति वास्तवमै बाँधबाँधेको नहर, बिजुली जस्तै संसारलाई उज्यालो दिने युवा शक्त्तिको रूपमा चम्किने छन् ।
 
त्यसका लागि हामीले जसरी सिकागो, इन्डियानामा आन्भा नासाको ज्वाइन कन्भेन्सनमा युवाहरूलाई स्पोर्ट सकर,भलिबल, बास्केटबल, ट्यालेन्टसो, फेसनसो, सोसियल अवार्नेस गरिन्थ्यो । त्यसलाई फोकस गरेर अमेरिका भरीका नेपाली डायास्पोराका हाम्रा बालबालिकालाई एकै ठाउँमा उभ्याउने जमर्को अब एनआरएनएले  युथ कोर्डिनेरका माध्यमबाट गराउनु पर्छ ।
 
त्यहाँ आएका युवाहरूलाई  खेलकुँदका साथसाथै  नयाँ टेक्नोलोजि  जसमा सहयोग गर्ने समाजका प्रोफेसनल ठुला-ठुला सम्बन्धित विषयमा दिग्गजहरुलाई त्यहाँ ल्याएई इन्ट्रयाक्सन प्रोग्राम गर्ने र बिस्तारै हाम्रो संस्कार गीताको ज्ञान बुद्धको ज्ञान  दिएर एनआरएनएको मेन स्ट्रिमममा ल्याउने काम अब एनआरएनए अमेरिकाले पहिला गर्नु पर्ने जरुरी  मैले देखेको छु । 
 
त्यसपछि बिस्तारै विदेशिएको  युवा शक्त्तिको भेललाई एकै ठाउँमा एउटा विशाल शक्त्तिको रूपमा प्रत्येक  वर्ष भेला गर्ने र नेपालबाट भर्खरै आएका नयाँ विद्यार्थी र यहीँ  जन्मेका युवाहरू बिच एक अर्कालाई परिचय गराउने माध्यम गराउनु पर्छ । त्यसै थलोमा एकले अर्को ठाउँको बारेमा जानकारी सजिलै लिन सक्छन् । 
 
साथी बने पनि नेपालीकै  छोरा छोरीहरू त्यो थलोमा बन्छन् । एक आपसमा आफ्ना प्रतिभा देखाउँ छन् । यो काम अब आउने एनआरएनएले पहिलो प्राथमिकतामा राख्नु पर्छ भन्ने मलाई लाग्छ । उनीहरूलाई स्कलर सीप र पुरस्कारको व्यवस्था गर्नका लागि अक्षयकोषको व्यवस्था गर्दा अझ राम्रो हुन्छ ।
  
जसरी २२ डिसेम्बर १८६२ मा लिंकनले स्वाधीनताको घोषणा पत्र तयार गर्दा आफ्नो डायरिमा यो प्रतिज्ञा लेखेका थिए कि ?" मैले आफ्नो ईश्वरको सम्मुख प्रतिज्ञा गरेको छु कि म यसलाई पालन गर्ने छु ।" त्यस समय लिंकनले यो प्रतिज्ञा घोषणा गरेर पुरा गरेरै छाडे । 
 
अब हाम्रा संततिले पनि लिंकनले जस्तै संसारको देशमा आँफ्नो रेशमा दौडँदा "म मेरो पुर्खाको देश र समाजलाई सुन्दर र शान्त नेपालको तस्बिर बनाउने प्रण गर्दछु । मैले भनेको प्रतिज्ञा पटक  पटक सम्झिरहन र आँफ्नो सुन्दर भविष्यको बाटोमा त्यो प्रतिज्ञाका कारण कतै पनि विचलित नभई लागि रहन्छु ।" भन्ने अठोट दिलाउन सक्यौं भने एनआरएनएले ठुलो ज़िम्मेवारी पुरा गरेको मान्न सकिन्छ । त्यो वातावरण दिने जिम्मा अब एन आरएनएको काँध आएको छ ।
 
जसरी धर्म भक्त,देश भत्त, सुक्रराज सास्त्री, युवा नै हुनु हुन्थ्यो र त्यसताका देशमा राणाहरूका विरुद्ध कसैले चुक्क पनि बोल्न नसक्दा निर्धक्क भएर देश र जनता लागि प्रजातन्त्र नभई हुन्न् भन्ने आफ्ना आवाज़ले आफैलाई समर्पण गरेर राणा शासन हल्लाई दिनु भयो । 
 
त्यस पछि वीर गणेशमान शिह,बि पी कोइराला, गिरिजा प्रसाद कोइराला,कृष्ण प्रसाद भट्टराई,मनमोहन अधिकारी,पुष्पलाल अधिकारी,श्री भद्र शर्मा,गोवर्धन पोख्रेल,लगायतका युवाहरूले त ती वीर शहीदका आवाजलाई सार्थक वनाएरै छाडे । युवाहरूले आँटे भने के हुँदैन ? यी सबै युवाहरू वनारसमा पढेका विद्यार्थी थिए । 
 
माहात्मा गाँधि पनि अफ़्रीका वाट २१ वर्ष सात महिनामा हिन्दुस्तान फर्केर आज़ाद हिन्दुस्तानको आवाज़ वुलंदि गरेका हुन । युवाले चाहे के हुँदैन भन्ने कुरालाई एनआरएनएले आत्मसात गरेर अगाडि बढ्नु ज़रूरी छ । यो काम अव आउने कमिटीले गर्नु पर्छ ।