ग्लोबल नेपाली

एनआरएन अमेरिका सदस्यता छानविन समिति भन्छ, निकै सानो सङ्ख्यामा मात्र कैफियत

एनआरएन अमेरिका सदस्यता छानविन समिति भन्छ, निकै सानो सङ्ख्यामा मात्र कैफियत


हिमालयखवर संवाददाता- 
न्युयोर्क (अमेरिका)। एनआरएन अमेरिका सदस्य छानविन समिति (भेरिफिकेसन कमिटीले)ले सदस्यताका लागि आवेदन दिने मध्ये निकै सानो सङ्ख्यामा मात्र जांचपड्ताल गर्नु पर्ने देखिएको जनाएको छ । आवेदन दिने मध्ये छानविन गर्दा खासै धेरैमा समस्या देखिएन समितिका संयोजक तिलक श्रेष्ठले बिहीबार हिमालयखवरसंग भने अहिलेसम्म हामीले छानविन गर्नु पर्ने २, ३ सय मात्र भेट्यौं । 
 
एनआरएन अमेरिकाका लागि करिब १७ हजारले सदस्य बन्न फारम भरेका थिए । यस मध्ये कयौँ नक्कली भएको बाहिर हल्ला थियो । यो हल्ला खाली हल्ला मात्रै रहेछ बाहिर आए जस्तो रहेनछ श्रेष्ठले भने समस्या देखिनेलाई पनि हामीले फोन गर्‍यौँ उहाँहरूले सम्पर्कमा आउनु भयो  के हो समस्या भन्यौं समाधान भएको छ । २, ३ सयलाई यसरी सम्पर्क गरिएको उनले जानकारी दिए । 
 
समितिले आउने अप्रिल २३ मा छानविन पछिको सदस्यता विवरण एनआरएन अमेरिका निर्वाचन समितिलाई बुझाउने तयारी गरेको पनि श्रेष्ठले जानकारी दिए । तीव्र गतिमा काम भइरहेको छ, हामीले च्याप्टरहरुवाट पनि राम्रो सहयोग पाएका छौँ श्रेष्ठले भने सबैले सहयोग गर्नु भएको हुदां सजिलो भएको छ । 
 
छानविनमा कुनै समस्या नआएको पनि श्रेष्ठले बताए । थोरै सङ्ख्यामा सदस्यताका लागि आवेदन दिने राज्यमा कुनै समस्यानै देखिएन श्रेष्ठले भने मिनियोसोटामा ७५ जनाको निवेदन परेको छ, त्यहाँ कुनै समस्या पाइएन । 
 
टेक्सस, न्युयोर्क, क्यालिफोर्निया जस्ता राज्यमा एउटै इमेल दोहोरिएका, अन्य कैफियत देखिएका केही बढी भएको उनले बताए । 
 
त्यहाँबाट सदस्यताका लागि निवेदन पनि धेरेको आएको छ, २०, ३० जना छानविनमा पुर्न ठुलो होइन श्रेष्ठले भने । यी सदस्यताका लागि सबैभन्दा बढी निवेदन परेका राज्य हुन् । यहाँ नेपालीको बसाई पनि बढी छ । टेक्ससवाट सबैभन्दा बढी निवेदन परेको छ । 
 
संयोजक श्रेष्ठले एनआरएन अमेरिकामा छानविन पछि करिब १६ हजार सदस्य रहने अनुमान गरेको बताए । करिब १७ हजारले सदस्यताका लागि निवेदन दिएका थिए । 
 
अहिलेको सदस्यताको निवेदन हेर्दा २६ राज्यमा च्याप्टर बन्ने देखिएको एनआरएन अमेरिकाका महासचिव समेत रहेका श्रेष्ठले जानकारी दिए । एक सय जना भन्दा बढी भएका राज्यमा च्याप्टर गठन हुन सक्छ । अहिले १६ राज्यमा एनआरएन अमेरिकाका च्याप्टर छन् । 
 
छानविनका क्रममा समितिले कैफियत देखिएकालाई आफैँ फोन गरेर बुझ्ने गरेको छ । यसरी सम्पर्क नभए म्याजेस छाड्ने गरेको छ । इमेलबाट पनि जानकारी पठाइएको उनले बताए । कतिको एउटै इमले एक भन्दा बढी स्थानमा प्रयोग भएको पाइएपनि सम्पर्कमा आउनेलाई अर्को इमेल दिन भनिएको छ श्रेष्ठले भने श्रीमान् श्रीमती छन् उहाँहरूले थाहा नभएर एउटै इमेल पनि दिनु भएको रहेछ यस्तो लाई व्यवहारिकता हेरेर मिलाईएको छ । 
 
श्रेष्ठले सदस्यता छानविन भइरहेको हुदां समितिले गर्ने फोन उठाउन, सम्पर्क नभए पुन फोन गर्न, इमेल वा म्यासेजको जवाफ दिन अनुरोध गरेका छन् । तपाईँलाई केही शङ्का छ भने हाम्रो फोननम्बरमा पनि फोन गर्न सक्नुहुन्छ श्रेष्ठले भने सकेसम्म हामी कोही पनि सदस्यताका लागि आवेदन दिनेलाई रद्द गर्न नपरोस भन्ने पक्षमा छौँ । 
 
छानविन समितिले दिएको सदस्यता विवरणका आधारमा निर्वाचन समितिले मतदाता सुची बनाउँछ । यस पछि निर्वाचन कार्यक्रमहरू सार्वजनिक हुन्छन् । 
 
यस अघि एनआरएन अमेरिकाको सदस्यताका लागि करिब १० हजारले निवेदन दिएका थिए । यही आधारमा निर्वाचन भएको थियो । तर, हार्ने पक्षले नक्कली सदस्य बनाइएको आरोप लगाएका थिए । अहिले पनि नक्कली सदस्य बनाइको हल्ला छ ।
 
एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिले दुई वर्ष पुरा गरेको छ । यस अघिको कार्यक्रम अनुसार मे २० र २१ मा निर्वाचन राखिएको थियो । तर, विभिन्न विवादले भेरिफिकेसन कमिटीले समयका काम गर्न सकेको थिएन ।