मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जनसम्पर्क समिति अमेरिकाद्वारा शैक्षिक सामग्री सहयोग

जनसम्पर्क समिति अमेरिकाद्वारा शैक्षिक सामग्री सहयोग


गैँडाकोट, नवलपरासी । नेपाली जनसम्पर्क समिति अमेरिकाको सहयोगमा कालिका उच्च मावि विजयनगर, गैँडाकोटलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । kalika1
विद्यालयमा शुक्रबार आयोजित समारोहमा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् समाजसेवी सुरेन्द्र पाण्डे र विशेष अतिथि जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य हरिबोल भण्डारीले संयुक्त रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणसागर सुवेदीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको थियो । 
kalika2
सो अवसरमा विद्यालयलाई शिक्षण सिकाइका विविध सामग्री, विद्यार्थीका लागि शैक्षिक तथा स्टेशनरी, प्राथमिक उपचार स्वास्थ्य सामग्री, साना बालबालिकालाई खेलौना तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको थियो । 
kalika6
कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस नेता सुरेन्द्र पाण्डेले आजका बालबालिका नै भोलिको नेपाल हाँक्ने बागडोर भएकाले शिक्षा र स्वास्थ्यमा लगानी बढाउनुपर्ने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयको शैक्षिक स्तर र भौतिक गुणस्तर वृद्धि गर्न सकेमात्रै विद्यार्थीहरुको भविष्य उज्ज्वल रहने उल्लेख गर्नुभयो । 
kalika5
अझै पनि मुलुकमा राजनीति स्थिर नरहेकाले शैक्षिक तथा आर्थिक समृद्धि हुन नसकेको उहाँको भनाइ थियो । मुलुकमा जनताले बनाएको संविधान जारी भैसकेकाले त्यसको कार्यान्वयनका लागि सबैले हातेमालो गरेर राजनीतिक स्थिरता कायम गर्नुपर्ने उहाँले बताउनुभयो । 
kalika4
सरकारले दुर्गम तथा विपन्न विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरमा लगानी बढाउन आवश्यक रहेको उल्लेख गर्दै कमजोर सामुदायिक विद्यालयमा लगानी गर्न सके मुलुकमा दुई खाले शैक्षिक स्तर अन्त्य हुने दावी गर्नुभयो । 
kalika3
कार्यक्रममा समाजसेवी हरिबोल भण्डारीले नेपाली जनसम्पर्क समिति अमेरिका नेपाली काँग्रेसको भातृसंस्था भए पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको बताउनुभयो । 
sammaqn3
उहाँले समितिले महाभूकम्पमा पीडितका लागि भूकम्प प्रभावित जिल्लामा राहत, प्राथमिक उपचार प्रदान गर्नेदेखि विभिन्न क्षेत्रमा विद्यालय निर्माण गर्ने कार्य गर्दै आइरहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि दुर्गम क्षेत्रमा विद्यालय निर्माण गर्ने र विद्यालयका लागि विज्ञान प्रयोगशालाका लागि सहयोग गर्ने योजना सुनाउनुभयो । 
samman
कालिका उमाविलाई काठमाडौँ क्षेत्र नं ३ का पूर्व सभासद् स्व चक्रबहादुर ठकुरीले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएकामा उहाँको महाभूकम्पमा परी निधन भएपछि उहाँको वचन पूरा गर्न सो सामग्री हस्तान्तरण गरिएको समाजसेवी भण्डारीले स्मरण गर्नुभयो । 
 
सोही अवसरमा विद्यालयका लागि विभिन्न सहयोग उपलब्ध गराउने समाजसेवी भण्डारीलाई दोसल्लासहित प्रशंसापत्रद्वारा अभिनन्दन गरिएको थियो । उपस्थित अथितिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । 
samman1
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणसागर सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमल सुवेदी, सहायक जिल्ला शिक्षा अधिकारी गोपालप्रसाद कण्डेल, नेपाली काँग्रेस नवलपरासीका सभापति विष्णुप्रसाद लामिछाने, समाजसेवी तिलकप्रसाद सापकोटालगायतले जनसम्पर्क समिति अमेरिकाले गरेको सहयोगको सराहना गर्नुभएको थियो । 

 

Advertisement

शेयर गर्नुहोस:

0
Shares