नेपालका वहुराष्ट्रिय उद्यमी विनोद चौधरीको भ्रामक समाचारले गलत अफवाह फैलिएको छ । कुनै रोग समेत नभएका चौधरी आज दिनभर नेपाल स्थित सानेपा कार्यालयमा आफ्नो काममा सकृय थिए ।
कुनै ठेगाना र संचालकको समेत नाम नभएको एक वेभसाइटले चौधरीको निधन भएको भ्रामक समाचार प्रकाशित गरेको थियो । यसले गर्दा गलत अफवाह फैलिएको हो ।
चौधरी परिवारले यस्तो गलत हल्लाको पछि विश्वास नगर्न आग्रह गरेको छ । यसलाई पित पत्रकारिताको निष्कृट उदाहरण र सामाजिक संचालको दुरुपयोगका रुपमा लिईएको छ । केही साता यता चौधरी लण्डन गएकै छैनन् । नियमित व्यायाम गर्ने निरोगी र तन्दुरुस्त चौधरी कुनै उपचारको लागि कहीं कतै अस्पताल समेत गएका छैनन् ।
काठमाडौमा आफ्नो कार्यालय र निवासमा रहेका चौधरीलाई उक्त वेभसाइटले लण्डनमा उपचारका क्रममा रहेका वेला निधन भएको लेखेको थियो । आफ्नो वेभसाइट मार्फत विज्ञापन देखाउन उक्त वेभसाइटले यस्तो घृणित समाचार दिएकोमा चौधरी निकटहरुले आक्रोस व्यक्त गरेका छन् ।







प्रतिक्रिया