मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राप्रपा नेपाल चितवनको अध्यक्षमा तिमिल्सिना

राप्रपा नेपाल चितवनको अध्यक्षमा तिमिल्सिना


चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल चितवनको तेस्रो जिल्ला अधिवेशनले बद्री तिमिल्सिनालाई पुनः अध्यक्षमा चयन गरेको छ । आइतबार भएको अधिवेशनले तिमिल्सिनाको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको कार्यकाल चार वर्षको हुनेछ ।
 
अधिवेशनले नयाँ कार्यसमितिको उपाध्यक्षमा दिलीप पाण्डे, सचिवमा जीवलाल पुरी, सहसचिवमा हरिहर पौडेल, कोषाध्यक्षमा प्रेमप्रसाद गैरे र सहकोषाध्यक्षमा डोलक पुडासैनीलाई चयन गरिएको छ । यसैगरी राप्रपा नेपाल चितवनको क्षेत्र नम्बर ३ बाट गङ्गा अधिकारी तिमिल्सिनालाई केन्द्रीय पार्षदको रुपमा सर्वसम्मत मनोनीत गरिएको छ । 
 
अधिवेशनको उद्घाटन उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले गरे । सो क्रममा उनले पार्टीले आफ्नो एजेन्डालाई मूर्तरुप दिन इमान्दारका साथ लागिपरेको बताए । निर्वाचित अध्यक्ष तिमिल्सिनाले सुकुमबासी समस्या यथाशीघ्र समाधान गर्नुपर्ने माग गर्दै पार्टीलाई सुदृढ बनाएर लैजाने प्रतिबद्धता जनाए । 

शेयर गर्नुहोस:

0
Shares