टेक्सस

अमेरिकास्थित नेपाली दूतावास नेपाली डायस्पोरालाई उपयोग गरेर दुई देशबीचको सम्बन्ध विस्तारमा जोड दिने पक्षमा

अमेरिकास्थित नेपाली दूतावास नेपाली डायस्पोरालाई उपयोग गरेर दुई देशबीचको सम्बन्ध विस्तारमा जोड दिने पक्षमा


ड्यालस, टेक्सस- अमेरिका वस्ने नेपाली समुदाय (नेपाली डायोस्पोरा) मार्फत पनि नेपाल अमेरिका मैत्री सम्वन्ध विस्तार गर्ने लक्ष्य राखिएको वासिंटन डिसी स्थित नेपाली दुतावासका कार्यवाहक राजदुत शरदराज आरणले वताएका छन् ।

नेपाली समुदायको बसोबास धेरै भएका स्थानमा त्यहांका कांग्रेस म्यान र सिनेटसम्म तपाईहरुले हाम्रो पहुंच वनाईदिन सक्नु हुन्छ अव हामी तपाईको त्यो पहुंचलाई उपयोग गरेर अमेरिकासंगको कुटनीतिक सम्वन्धलाई अझ दरिलो वनाउन चाहान्छौ, नेपाली महावाणिज्यदूतावास, ड्यालस टेक्सस द्वारा मंगलवार आयोजित पत्रकार तथा स्थानिय नेपाली समुदायका अगुवाहरुसंगको भेटमा आरणले भने ।

Advertisement

अमेरिकासंग मात्र होइन मेक्सिको र कोस्टारिकासंग पनि हाम्रो कुटनीतिक सकृयता वढाउनु आवश्यक छ उनले भने अझ धेरै सकृयता वढाउनु आवश्यक छ । यसका लागि नेपाली डायोस्पोरालाई सहयोग गर्न पनि म आग्रह गर्छु उनले भने ।

तस्बिरमा: नेपाली महावाणिज्यदूतावास, ड्यालसका उपमहावाणिज्यदूत धनकुमारी जोशी, नेपाली दूतावास, वासिङ्टन डीसीका रक्षा तथा सैनिक सहचारी ब्रिगेडियर जनरल पूर्णप्रसाद ढकाल, कार्यवाहक राजदूत शरदराज आरण, ड्यालसस्थित नेपाली महावाणिज्यदूत सुरेश अधिकारी तथा कन्सुलर एवं प्रवक्ता प्रवीण भट्टराई

अमेरिकाको स्टेट डिर्पाटमेण्ट, कांग्रेस म्यान सिनेटर लगायत राज्यका गभर्नर र मेयरहरुसंग पनि डायोस्पोरा मार्फत जान दुतावास तयार रहेको उनले वताए । जहां जहां नेपाली डायोस्पोराले कांग्रेसम्यान र सिनेटरलाई भोट हालेका छन् त्यहां त्यहां पुगेर हामीले नेपालको पक्षमा लविगं गर्नु पर्छ उनले भने तपाईहरुले आफ्नो क्षेत्रका प्रतिनिधिहरुलाई नेपाली दुतावास तपाईलाइ भेट्न चाहान्छ भनिदिनु पर्यो हुन्छ भन्ने उत्तर आयो भने हामी भेट्न गईहाल्छौं ।

वासिंटन डिसी स्थित नेपाली दुतावासका कार्यवाहक राजदुत शरदराज आरण

यस अघिको ह्वाइट हाउस प्रशासनले नेपाली डायोस्पोरासंग सम्वाद अघि वढाएको थियो । यो संवाद टेक्ससवाटै शुरु भएको थियो।

कार्यवाहक राजदुत आरणले दुतावासले सकेसम्म सेवाग्राहीलाई सजिलो वनाउने पहल गरेको जानकारी दिए । दुतावासको टेलिफोन उठ्दैन भन्ने गुनासोलाई हामीले अहिले पुर्ण रुपमा सम्वोधन गरेका छौं, पासपोर्ट वनाउन दुतावास आउने जो कोहीलाई पनि सहयोग गरेर पठाउने गरिएको उनले वताए ।

अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीसंग पनि दुतावासले निरन्तर सम्पर्कमा रहेको उनले आरणले वताए ।

उनले नेपाली डारोस्पोरा एक भएर जुटेर काम गरेमा दुतावासलाई सजिलो हुने वताए । राजदुत आए पछि दुतावासले आफ्नो सकृयता अझ वढाउने उनले वताए ।

नेपाल अमेरिका विचको कुटनीतिक सम्वन्ध स्थापना भएको ८० बर्ष पुगेका अवसरमा दुतावासले विभिन्न शहरमा कार्यक्रम गर्ने सोच रहेको आरणले वताए । यसका लागि कांग्रेसम्यान, सिनेटर, गभर्नर, मेयर लगायतका प्रतिनिधिलाई सहभागितका लागि नेपाली डायोस्पारोलाई पहल गर्न उनले आग्रह गरे ।

नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा आयोजित कार्यक्रममा ड्यालसस्थित नेपाली महावाणिज्यदूत सुरेश अधिकारीले टेक्ससमा महावाणिज्यदूतावास स्थापना भएदेखि हालसम्म सञ्चालन भएका गतिविधि, प्रदान गरिएका सेवा तथा विभिन्न कार्यक्रमहरूका बारेमा विस्तृत जानकारी गराएका थिए। उनले महावाणिज्यदूतावासले नेपाली समुदायसँगको सहकार्यमा गर्दै आएका काम, कन्सुलर सेवा तथा नेपाली समुदायको हितका लागि भइरहेका पहलहरूबारे प्रकाश पारेका थिए।

कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष विजय भुसाल, निवर्तमान अध्यक्ष राजेन्द्र वाग्ले, महासचिव प्रबिश श्रेष्ठ, कोषाध्यक्ष प्रेम थापालगायत संस्थाका पदाधिकारीहरू, गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष विकास उप्रेती, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपमहासचिव बेदराज बस्नेत तथा अमेरिका क्षेत्रका उपक्षेत्रीय संयोजक नेत्र पाण्डेलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले नेपाली समुदायसँग सम्बन्धित विविध विषयमा आफ्ना जिज्ञासा, प्रश्न तथा सुझावहरू राखेका थिए।