काठमाडौँ । साबिक विजेता लुम्बिनी लायन्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य साविक विजता लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले सर्वाधिक ४० रन बनाए । उनले १८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए । आसिफ ३२ रनमा आउट भए । निरोशन डिक्वेला ७ रनमा बोल्ड हुँदा शमिम हुसेन एक र कप्तान रोहित पौडेल ५ रनमा अविजित रहे ।
बलिङमा सुदूरपश्चिमका अनिल खरेलले दुई र कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १७ ओभर २ बलमा सुदूरपश्चिम १७ ओभर २ बलमा ८७ रनमा समेटिएको थियो । सुदूरपश्चिमलाई सस्तोमा समेट्न लुम्बिनी लायन्सका शेर मल्ल र किशोर महतोले उत्कृष्ट प्रदर्शन गरेका थिए । किशोर ४, शेरले ३ विकेट लिँदा कप्तान रोहित पौडेल, तिलकराज भण्डारी र शाड्ली भान शाकवाइकले एकएक विकेट लिएका थिए ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । विनोद ९, सैफ जैव १३, ब्रान्डन म्याकमुलेन २ र इशान पाण्डे ७, शेर्फन रदरफोर्ड एक, स्कुट कुइगेलेइन र हेमन्त धामी कुनै पनि रन नजोडी आउट भए । अनिल खरेल १७ रनमा अविजित रहे ।













प्रतिक्रिया