राजनीति-समाज

कांग्रेस १५ औँ महाधिवेशन : उपसभापतिमा डा. भण्डारी र आचार्य विजयी

कांग्रेस १५ औँ महाधिवेशन : उपसभापतिमा डा. भण्डारी र आचार्य विजयी


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

ललितपुर । नेपाली कांग्रेसको खुलातर्फको उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य विजयी भएका छन् । यस्तै, समावेशी उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित भएका छन् ।

उपसभापतिको खुला प्रतिस्पर्धामा डा. भण्डारीले तीन हजार ७३५ मत र आचार्यले दुई हजार ३४२ मत प्राप्त गरेका छन् । उपसभापतिका उम्मेदवारमध्ये गोविन्द भट्टराईले एक हजार ७५२, सुरेन्द्रराज पाण्डेले एक हजार ६७३, धनराज गुरूङले एक हजार ५९६, दीपक गिरीले ९२३ र प्राडा चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन् ।

Advertisement

समावेशी उपसभापतिमा विजयी चौधरीले एक हजार ७४५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी जीवन परियारले एक हजार ६५८, फरमुल्लाह मन्सुरले एक हजार १४४, सीता गुरूङले एक हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन् ।

त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल र उदयशम्शेर राणा विजयी भएका छन् । पौडेलले चार हजार १९४ मत प्राप्त गरेका छन् । यस्तै, राणाले दुई हजार ३३० मत पाएका छन् । महामन्त्रीका उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले दुई हजार २५७, गुरुराज घिमिरेले एक हजार ५१३, नैनसिंह महरले एक हजार १३४, अमरसिंह पुन मगरले एक हजार १२५, शङ्कर तिवारीले १२३ र डा सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन् ।

महामन्त्री महिलातर्फ डा. डिला सङ्ग्रौला (पन्त) विजयी भएकी छन् । उनले तीन हजार ११८ मत प्राप्त गरेकी छन् भने महालक्ष्मी उपाध्याय (डिना)ले दुई हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।