घुमफिर

साहसिक पर्यटनलाई जोड्दै ‘सौराहा राइडर्स क्लब’

साहसिक पर्यटनलाई जोड्दै ‘सौराहा राइडर्स क्लब’


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

चितवन । मोटरसाइकल संस्कृतिको प्रवर्द्धन, विभिन्न राइडर्स क्लबबीच आपसी भाइचारा अभिवृद्धि गर्ने तथा सौराहाको स्थानीय पर्यटनलाई थप चलायमान बनाउने उद्दश्यले माइलस्टोन इन्फिल्डर्स मोटरसाइकल क्लबले सौराहा राइडर्स क्लब भोल्युम–१ आयोजना गर्ने भएको छ ।

मुलुकका विभिन्न स्थानबाट मोटरसाइकलप्रेमी तथा राइडर्स क्लबका सद्स्यहरुलाई एकै ठाउँमा जोड्ने लक्ष्य राखिएको यस कार्यक्रमले सौराहालाई वन्यजन्तु पर्यटनका लागि मात्र नभई सामुदायिक भेटघाटमार्फत साहसिक पर्यटनलाई एकै ठाउँमा जोड्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

Advertisement

कार्यक्रमले स्थानीय पर्यटन, होमस्टे र पुरातन कला–संस्कृतिको जगेर्नामा स्थानीयको भूमिका कति प्रभावकारी हुन सक्छ भनेर देखाउनेछ । कार्यक्रमले साहसिक पर्यटनको प्रवर्द्धन गर्नुका साथै स्थानीय कला–संंस्कृति र आतिथ्यतालाई थप उजागर गर्ने बताउँदै क्लबका संस्थापक अध्यक्ष कौशल सुवेदीले स्थानीय व्यवसायी र समुदायसँग थप विश्वसनिय सम्बन्ध स्थापित हुने उल्लेख गरे ।

कार्यक्रम यही असोज २९ र ३० गते दुई दिनसम्म इडेन जङ्गल रिसोर्ट, सौराहामा हुनेछ । सौराहा राइडर्स क्लब भोल्युम–१ मा सहभागी हुनका लागि राइडरहरुले सौराहा राइडर्स क्लबको अफिसियल नम्बर ९८६०८४१५३३ मा सम्पर्क गर्न सक्नेछन् ।