न्युयोर्क

जनसम्पर्क समिति न्युयोर्कले गर्यो मातृभुमीका बाढीपीडितलाई सहयोग

जनसम्पर्क समिति न्युयोर्कले गर्यो मातृभुमीका बाढीपीडितलाई सहयोग

१६ लाख भन्दा धेरै रकम काँग्रेसको दैवी प्रकोप राहत कोषमा जम्मा


नेपाली काँग्रेसको विदेश स्थित भातृसँस्था जनसम्पर्क समिति अन्तर्गत न्युयोर्क च्याप्टरले भोटेकोशी बाढी पीडितकालागि सहयोेग रकम बुझाएको जनाएको छ । नेपाली जनसम्पर्क समिति न्युयोर्क च्याप्टरका सभापति दिनेश भण्डारीका अनुसार नेपाली काँग्रेसको बैक खातामा रकम जम्मा गरिएको हो ।

सभापति भण्डारीका अनुसार नेपाली काँग्रेसको केन्द्रीय विपद राहत व्यवस्थापन कोषममा अमेरिकी डलर १० हजार आठ सय ९१ र ११ सेन्ट अर्थात नेपाली रुपैयाँ १६ लाख ४९ हजार एक सय ३२ रुपैयाँ सहयोग गरिएको हो । सो रकम नेपाली काँग्रेस मार्फत प्रधानममन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिने भण्डारीले बताए । जनसम्पर्क समितिमा आवद्ध तथा शुभेच्छुकहरु मार्फत सहयोग रकम जुटाइएको बताइएको छ ।

Advertisement

नेपाली काँग्रेसले केही दिन अघिपनि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रकम बुझाइसकेको छ भने काँग्रेसको विपत राहत व्यवस्थापन कोषमा विदेश स्थित संस्थाहरुबाट रकम जम्मा हुनेक्रमपनि निरन्तर छ ।

केही साता अघि रसुवाको भोटेकोशी नदीमा अकस्मात आएको बाढीका कारण एक हजार तीन सय ५७ जनाको मृत्यु पुुष्टि भइसकेको छ भने पाँच हजार तीन सय २६ जना नागरिक अझै वेपत्ता छन । छ हजार आठ सय २७ जना घााइते भएका थिए । उद्धार कार्य अझै जारी छ ।

हाइड्रो पावरका सुरुङमा पूरीएकाहरुको उद्धार कार्य अझै जारी छ । तिव्बती सिमाबाट आएको बाढीले रसुवा, नुवाकोेट, धादीङ, चितवन लगायतका जिल्लामा असर गरेको थियो । संसारका विभिन्न स्थानमा रहेका नेपालीहरुले नेपालमा आउने विपत्तिहरुमा व्यक्तिगत तथा विभिन्न संस्था मार्फत सहयोग गर्दै आएका छन ।