बिश्व घटना

आस्टिनमा श्रावण महोत्सवको रौनक (फोटो फिचर)

आस्टिनमा श्रावण महोत्सवको रौनक (फोटो फिचर)

पशुपतिनाथ शैलीको महाआरतीमा उत्साह


शेयर गर्नुहोस:

513
Shares

  • change font
  • change font

आस्टिन (टेक्सास) – हट्टोस्थित श्री पशुपतिनाथ मन्दिरमा श्रावणका चारै सोमबार आयोजना गरिएको विशेष पूजा, रुद्राभिषेक तथा पशुपतिनाथ शैलीको महाआरती सम्पन्न भएको छ।

अन्तिम सोमबार बिहानदेखि बेलुकासम्म करिब दुई हजार श्रद्धालु भक्तजन मन्दिर पुगेको मन्दिरका पुरोहित हरिशरण आचार्यले हिमालय खबरलाई जानकारी दिए। भक्तजनहरूले पूजा, दर्शन तथा मन्दिर परिक्रमा गरेका थिए। दिनभरको धार्मिक कार्यक्रमपछि सत्सङ अमेरिका र स्थानीय रेस्टुरेन्ट ‘करी किचन’ले महाप्रसाद भक्तजनलाई वितरण गरेका थिए। कार्यक्रममा आस्टिनवासी नेपाली तथा हिन्दू समुदायको विशेष उत्साह देखिएको थियो।

Advertisement

नेपालको पशुपतिनाथ मन्दिरको शैलीमा तीन जना पुजारीले एकैपटक महाआरती गर्ने यो कार्यक्रम अमेरिकाको हिन्दू समुदायका लागि विशेष र नौलो धार्मिक कार्यक्रमका रूपमा रहेको आयोजकहरूको भनाइ छ।

यस वर्ष मन्दिरमा विगतको तुलनामा पार्किङ व्यवस्थापनमा समेत केही सुधार देखिएको पशुपतिनाथ मन्दिरका ट्रस्टी शालिकराम पौडेलले बताए।

फोटो फिचर

श्रावणको अन्तिम सोमबार श्री पशुपतिनाथ मन्दिरमा देखिएको भक्तजनको सहभागिता, पूजा, मन्दिर परिक्रमा तथा विशेष महाआरतीका केही झलकहरू।