चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन् । शुक्रबार भएको दोस्रो चरणको पदाधिकारीको निर्वाचनमा डा. तोसिमा कार्कीलाई पराजित गर्दै महिला उपसभापतिमा गौतम निर्वाचित भएकी हुन् ।
त्यस्तै पार्टीको महामन्त्रीमा विपीन आचार्य निर्वाचित भएका छन् । महामन्त्रीमा विपीनसँगै मनिष झा, सागर ढकाल र गणेश कार्की उम्मेदवार थिए ।
त्यसैगरी पार्टीको सहमहामन्त्री (खुला)मा हरि ढकाल र असिम शाह निर्वाचित भएका छन् भने सहमहामन्त्री (महिला)मा निशा डाँगी निर्वाचित भएकी छन् ।
यसअघि पार्टी सभापतिमा रवि लामिछाने र खुला उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए । पहिलो चरणमा ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।












प्रतिक्रिया