कोलोराडो, अमेरीका- विश्व रक्तदाता दिवसको अवसरमा ब्लड डोनर्स अफ अमेरिका (BDA) कोलोराडो च्याप्टर ले विशेष रक्तदान कार्यक्रम तथा जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रम बिडीएका संस्थापक अध्यक्ष स्वर्गीय अर्जुन मैनालीको स्मृतिमा आयोजना हुन लागेको हो । अर्जुन मैनालीको नेतृत्वमा ब्लड डोनर्स अफ अमेरिका (BDA) सन् २००९ मा स्थापना भएको थियो ।
बीडीए कोलोराडो र नेपाली घर (Nepali Ghar) को सहकार्यमा तथा Vatalant प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रम नेपाली साँस्कृतिक केन्द्र नेपाली घरमा यही जुन १३ तारिक शनिबार बिहान ९ बजे देखी दिउसो १२ बजेसम्म संचालन हुने बिडीए कोलोराडो च्याप्टरका अध्यक्ष नवराज मरासेनीले बताएका छन् ।
रक्तदान जिवनदान भन्ने मुख्य नारालाइ आत्मा साथ गर्दै आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी भइ रक्तदानगर्न चाहनुहुने इच्छुक दाताहरू फोटोसहितको परिचयपत्र भएको, १६ वर्ष पुगेको र कम्तीमा १ सय १० पाउन्ड तौल भएको हुनुपर्दछ । यसबारे बिस्तृत जानाकारीको लागी BDA कोलोराडो तथा नेपाली घरका पदाधिकारी सम्पर्क गर्न सकिने मरासेनीले बताएका छन् । उनले स्थानीय समुदायलाई रक्तदानमा सहभागी भई मानवीय सेवामा योगदान पुर्याउन सबैलाइ अनुरोध गरेका छन् ।
यसै अवसरमा बीडीए कोलोराडोले जुलाई १४ मा जुम (Zoom) मार्फत “One Drop of Humanity: Give Blood, Save Life” शीर्षकमा जनचेतना मुलक अन्तरक्रियात्मक कार्यक्रम समेत आयोजना गर्ने भएको छ । कार्यक्रममा रक्तदानको महत्व, समुदायमा यसको प्रभाव, रक्तदान गर्न योग्य व्यक्तिहरू तथा रक्तदान सम्बन्धी विभिन्न विषयमा विज्ञहरूले जानकारी दिनेछन् ।
कार्यक्रममा सहभागी हुन इच्छुक महानुभावहरूले ( Meeting ID: 851 0080 5276 Passcode: BDA2026) यस Meeting ID pssscode प्रयोग गरेर वा यसै समाचारको अन्तमा भएको Link थिचेर सहभागी हुन सकिने बताइएको छ ।
बीडीए कोलोराडोको आयोजनामा विगत लामो समयदेखि नै रक्तदान तथा सामाजिक सेवाका कार्यक्रमहरू सक्रिय रूपमा सञ्चालन हुदै आएको छ । रक्तदान मानवताको उत्कृष्ट सेवामध्ये एक हो । आयोजक संस्थाका पदाधिकारीहरूले समुदायका सबै सदस्यहरूलाई रक्तदान कार्यक्रममा सहभागी भई सहयोग गर्न आग्रह गरेका छन् ।
यसैगरी नेपाली घरका कार्यबाहक अध्यक्ष गंगा चौलागाईंले नेपाली साँस्कृतिक केन्द्र नेपाली घरमा यही जुन १३ तारिक शनिबार आयोजना हुने रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्नुहुन तथा जुन १४ मा हुने जुम अन्तरक्रिया कार्यक्रममा सहभागी भएर रक्तदान सम्बन्धी उपयोगी जानकारी हासिल गर्न अनुरोध गरेका छन् । उनले स्वर्गीय अर्जुन मैनालीको स्मृतिमा आयोजित यस कार्यक्रमलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताएका छन् ।
“रक्तदान जीवनदान हो“ एक व्यक्तिको दानले अरू तिन व्यक्तिको जीवन बचाउन सकिन्छ । त्यसैले रक्तदान कार्यक्रममा सहभागी भई सहयोग गर्नुका साथै अन्तरक्रिया कार्यक्रमबाट प्राप्त हुने ज्ञान , जानकारी तथा अनुभव आदान प्रदानगर्ने अवसरको सदुपयोग गर्नुहुन सबैलाइ अनुरोध गरिएको छ ।

https://us06web.zoom.us/j/85100805276?pwd=uePoWUDDE1wdFFkzgwa08RqMVsBzRV.1












प्रतिक्रिया