टेक्सस

सिर्जनात्मक लेखनीमा बालबालिका पुरस्कृत

सिर्जनात्मक लेखनीमा बालबालिका पुरस्कृत


ड्यालस (टेक्सस), अमेरिका । नेपाली समाज टेक्ससले अमेरिकामा हुर्किएका बालबालिकाहरु बीच आयोजना गरेको नेपाल बारेमा उनीहरुको अनुभव प्रस्तुत गर्न सिर्जनात्मक लेखन प्रतियोगितामा पुरस्कृतहरुलाई आइतबार सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

केही साता अघि सार्वजनिक रुपमा आव्हान गरेर सिर्जनात्मक लेखहरु समाजले मागेको थियो । त्यसमा ८ वटा लेखहरु प्राप्त भएका थिए । आइतबार दिउँसो आयोजित कार्यक्रममा सबै लेखकहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

Advertisement

प्रतियोगितामा ९ देखि १४ वर्ष उमेर समूहमा एन्जिला केसी, सनसाइन थापा, सुनिभा थापा, शैली पाण्डे, कुसाग्र वाग्ले र सफल थापा पुरस्कृत भएका छन् । त्यस्तै १५ देखि १८ वर्ष उमेर समूहमा अन्वेशिका थापा र ओजस खरेल पुरस्कृत भएका छन् ।

बालबालिकाहरु नेपाल जाँदा उनीहरुले देखेको र भोगेका कुराहरुका साथै भ्रमणका अविस्मरणीय क्षणहरुका बारेमा लेखमा उल्लेख गरेका छन् । सबै विद्यार्थीहरु नेपाली समाज टेक्ससले सञ्चालन गरेको ग्लोबल पाठशालाका सहभागीहरु रहेकाे समाजका अध्यक्ष विजय भुसालले जानकारी दिएका छन् ।