न्युयोर्क

न्युयोर्कमा श्रष्टा जमघट

न्युयोर्कमा श्रष्टा जमघट

साहित्यकार कमला प्रसाईका तीन कृति एकै साथ बिमोेचित


न्युयोर्क, अमेरिका- कवि, गीतकार तथा अग्रज साहित्यकार कमला प्रसाईका तीन कृति शनिबार न्युयोर्कमा एकैसाथ बिमोचन गरिएको छ । न्युयोर्कको ज्याक्सन हाईट्समा आयोजित एक कार्यक्रममा साहित्यकार प्रसाईका कृतिहरुलाई बिमोचन गरिएको हो । अमेरिका निवासी साहित्यकार कमला प्रसाईका गीतीसंग्रह “हृदयभित्र”, कविता संग्रह “सिमाना” तथा नाटक “चितामाथीको लाश” लाई संयुक्त रुपमाम बिमोचन गरिएको हो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज अमेरिका न्युयोर्क च्याप्टरको आयोजनामा भएको कार्यक्रममा न्युयोर्क लगायत अमेरिकामा रहेका सहित्य अनुरागीहरुको उपश्थिती रहेको थियो । कार्यक्रममा नेपालबाट आउनुभएका साहित्यकारहरुको पनि विशेष उपश्थिती रहेको थियो ।

कृति बिमोचन कार्यक्रममा बरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन, कवि गोवद्र्धन पूूजा, किशन सिंह धामी, लोकप्रीय मुक्तक तथा गजलकार आनन्द श्रेष्ठले साहित्यकार कमला प्रसाईका कृतिहरुबारे समिक्षा एवं चर्चा गर्नुभएको थियो । त्यस्तै बरिष्ठ साहित्यकार तथा समालोचक गोविन्द कोइरालाले श्रृजक कमला प्रसाईको नेपाली भाषा तथा साहित्यमा योगदानको चर्चा गर्दै आगामी दिनमा अझै सफलताको शुभकामना दिनुभएको थियो ।

Advertisement

कृतिमाथीको आफ्नो धारणा राख्दै साहित्यकार आनन्द श्रेष्ठले प्रसाईका कृतिहरुमा समिक्षा गर्दै आगामी दिनमा अझै उत्कृष्ट हुने अपेक्षा गर्नु भयोे । त्यसैगरी कवि किशनसिंह धामीले प्रसाईको योगदानको चर्चा गर्दै बिमोचित कृति नेपाली साहित्यको कोशे ढुंगा भएको बताउनु भयो ।

सोे कार्यक्रममा बरिष्ठ नाटक निर्देशक तथा कलाकार बिरेन्द्र हमाल, साहित्यकार सकुन ज्ञवाली तथा चलचित्र निर्देशक किशोर सुब्बा लगायतले साहित्यकार प्रसाईका कृतिको चर्चा गर्नु भएको थियो । कार्यक्रममा न्युयोर्र्क स्टेट डिष्ट्रिक ३० का एसेम्बली उमेदवार सोमनाथ घिमिरेले पनि शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा न्युयोर्कस्थित महावाणिाज्य दुतावासका बाणिज्यदुत एवं सूचना अधिकारी प्रेम बहादुर बुढा थापाको प्रमुख आतिथ्यता रहेको थियो । बुढाले प्रवासमा रहेरपनि नेपाली भाषा र साहित्यमा प्रसाईले पुर्याउनु भएको योगदानको प्रशंसा गर्र्नु भएको थियो ।