अमेरिका समाचार

अनेसास मेरिल्याण्डको नयाँ कार्यसमितिको चयन

अनेसास मेरिल्याण्डको नयाँ कार्यसमितिको चयन


मेरिल्याण्ड । मे १८ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासको मेरिल्याण्ड च्याप्टरमा नयाँ कार्यसमिति (२०२६—२०२८) सर्वसम्मत चयन गरिएको छ ।

नवगठित कार्यसमितिको अध्यक्षमा पुजा चन्द ,उपाध्यक्षमा मधुकर अधिकारी, महासचिवमा सविता अधिकारी,कोषाध्यक्षमा सन्दीप कोईराला रहनु भएको छ ।

Advertisement

यसैगरि कार्यसमितिको सदस्यहरुमा अमृता नेपाल, चित्र खाती र यस विक्रम मल्ल रहनु भएको छ ।

अनेसास मेरिल्याण्ड च्याप्टरको सल्लाहकारहरु

यसै गरि अनेसास मेरिल्याण्ड च्याप्टरको सल्लाहकारहरु डा श्याम कार्की,पारस श्रेष्ठ, तीर्थराज पाण्डेय, गौतम दाहाल, भरत बराइली र अर्जुन हमाल रहनु भएको छ ।

अनेसासका च्याप्टरहरुमा निकै सक्रिय च्याप्टरको रुपमा मेरिल्याण्डले विभिन्न कार्यक्रमहरु गर्दे आएको छ ।