न्युयोर्क

न्युयोर्कमा नेपाल डे परेडको तयारी तिब्र

न्युयोर्कमा नेपाल डे परेडको तयारी तिब्र


न्युयोर्क- आप्रवासीको शहर न्युयोर्कमा यहि मे १७ तारिखमा नेपाल डे परेड हुँदैछ। संसारकै राजधानी मानिने न्युयोर्कको व्यस्त शहर मानहाटनमा हुने परेडको तयारी अन्तिम अवस्थामा रहेको आयोजकले जानकारी दिएकाछन । आईतबार न्युयोर्कको ज्याक्सन हाईट्समा आयोजित पत्रकार भेटघाट कार्यक्रममा परेडको तयारीकाबारे जाकारी दिईएको हो ।

यस बर्षको परेड विशेष

Advertisement

एनआारएनए न्युयोर्क च्याप्टरको आयोजनामा तथा महावाणिज्य दुतावासको समन्वयमा हुँदैगरेको परेडमा यसपटक नेपाल आदीवासी जनजाती महाँसंघ अमेरिका फिप्नाको सक्रीय सहभागिता रहने र पहिलेभन्दा उपस्थिति व्यापक हुने हुँदा परेड भव्य हुने च्याप्टरका अध्यक्ष बासु लामिछाने बताए । लामिछानेका अनुसार पार्किङ लगायत स्वयंसेवकको व्यवस्थापनपनि भएकोले यसपाली परेड भव्य हुनेछ ।

न्युयोर्कको नेपाली महावाणिज्य दुतावास एवं नेपाली संघसंस्थाहरुको सहभागिता तथा नेपाली भेषभुषा सहितको झाँकिले परेडलाई झकिझकाउ बनाउने परेका कन्भेनर एपी लामा शेर्पाले दावी गरे । यस पटक अमेरिकि मुलधारका राजनीतिकर्मी एव न्युयोर्कका मेयर जोहराम मम्दानीलाईपनि उपस्थिती गराईने कन्भेनर लामाले बताए । परेड कार्यक्रमलाई स्वयंसेवक परिचालन गरी पहिले भन्दा व्यवस्थित बनाईने, सञ्चारकर्मीलाई सहज रुपमा दृश्य र भिडियो लिने व्यवस्था गरिएको, शौचालय तथा खानेपानी र स्वास्थ्य सेवाकोलागि विशेष व्यवस्थापन गरिएको उनले जानकारी दिए । यसैगरी ओैपचारिक कार्यक्रमलाई चुस्त र छिटो सञ्चालन गरिने लामाको भनाई छ ।

आर्थिक संकलन उत्साहजनक

नेपाल डे परेडका आर्थिक सँयोजक कृष्ण लामिछानेले दिएको जानकारी अनुसार, परेडको सहयोगार्थ एक सय 25 संस्थालाई पत्रचार गरिएको जसमा 45 संस्थाले सहयोगको प्रतिवद्धता व्यक्त गरिसकेका छन । सहयोग रकम बैक डिपोजिट तथा जेल मार्फतपनि गर्न सकिने व्यवस्था गरिएको छ । परेड सम्पन्न गर्न अनुमानित ४० हजार डलर जति खर्च हुन सक्ने संयोजक लामिछानेले बताए । अहिलेसम्म ३२ हजार सहयोगको प्रतिबद्धता आइसकेकोले परेड सञ्चालन खर्च सहयोग मार्फत जुट्ने अपेक्षा गरिएको छ ।

एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष बासु लामिछानेले परेड कार्यक्रमपछि आर्थिक प्रतिवेदन सार्वजिनक गरिने प्रतिबद्धता जनाए । उनका अनुसार यदि सहयोग रकम नजुटेमा अपुग रकम आयोजक टीमका सदस्यबाट दामासाहीले उठाईने सहमति भएको खुलासापनि गरे । लामिछानेका अनुसार सहयोगी संस्थालाई लोगो सहित परेडमा पहचान दिईने जानकारी दिए ।

सामुदायिक एकता, विश्वसामु पहिचान र नेपालको पर्यटन प्रवर्धन मुख्य उद्धेश्य रहेको परेडका सबै कार्यक्रमहरु साँझ ६ बजे भन्दा अघि नै सकिने र विदेशी पाहुनालाई स्टेजमै बोलाई सम्मान गरिने आयोजकले जनाएको छ । परेडमा सहभागी हुने दुईहजार मानिसको बिमा गरिएको तथा भिआईपी पार्किङको व्यवस्थापनि पास सहित गरिएकोले सहभागिताको लागि सहज हुने दावी आयोजकको छ । न्युयोर्कमा सन २०१६ देखि नेपाल डे परेड आयोजन हुँदै आएको छ ।