अमेरिका समाचार

इरानको प्रतिक्रियाको प्रतीक्षामा अमेरिका

इरानको प्रतिक्रियाको प्रतीक्षामा अमेरिका


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font

वासिङ्टन । हर्मुज जलडमरूमध्य क्षेत्रमा केही दिनदेखिको छिटपुट तनावपछि अवस्था तुलनात्मक रूपमा शान्त देखिएको छ । अमेरिका भने दुई महिनाभन्दा लामो युद्ध अन्त्य गरी शान्ति वार्ता सुरु गर्ने आफ्नो प्रस्तावमा इरानको प्रतिक्रियाको प्रतीक्षामा रहेको छ ।

अमेरिकी विदेशमन्त्री मार्क रुवियोले शुक्रबार केही घण्टाभित्र इरानबाट प्रतिक्रिया आउने अपेक्षा गरिएको बताएका थिए । तर शनिबारसम्म तेहरानबाट कुनै स्पष्ट संकेत आएको छैन । प्रस्तावअनुसार इरानको आणविक कार्यक्रमजस्ता विवादास्पद विषयमा छलफल अघि बढाउनुअघि औपचारिक रूपमा युद्ध अन्त्य गरिनेछ ।

Advertisement

यसैबीच, रुबियोले मियामीमा कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल्लाह अल थानीसँग भेटवार्ता गरेका छन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार भेटमा मध्यपूर्वमा स्थायित्व र सुरक्षा कायम राख्न सहकार्य जारी राख्ने विषयमा छलफल भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता चीन भ्रमणमा जाने तयारीमा रहेकाले युद्ध अन्त्य गर्न दबाब बढ्दै गएको छ । युद्धका कारण ऊर्जा बजार प्रभावित बनेको छ भने विश्व अर्थतन्त्रमा समेत जोखिम बढेको विश्लेषण गरिएको छ ।

फेब्रुअरी २८ मा अमेरिका–इजरायलले इरानमाथि हवाई हमला गरेपछि सुरु भएको युद्धयता तेहरानले हर्मुज जलडमरूमध्य हुँदै गैर–इरानी जहाजको आवागमन ठूलो मात्रामा अवरुद्ध गर्दै आएको छ । युद्धअघि विश्वको कुल तेल आपूर्तिको करिब पाँचमध्ये एक हिस्सा यही समुद्री मार्ग हुँदै हुने गरेको थियो । एएफपी