न्युयोर्क

ग्रेटर न्युयोर्क नेपाली च्याम्बर अफ कमर्स तेस्रो बर्षमा

ग्रेटर न्युयोर्क नेपाली च्याम्बर अफ कमर्स तेस्रो बर्षमा

कुटनीतिज्ञ, अगुवाहरुको उपश्थितीमा कार्यक्रम सम्पन्न


न्युयोर्क- ग्रेटर न्युयोर्क नेपाली च्याम्बर अफ कमर्सले स्थापनाको दोस्रो बार्षिकोत्सव मनाएको छ । न्युयोर्ककोे म्यानहाटनस्थित एक याट (पानी जहाज) भित्रै आयोेजना गरिएको कार्यक्रममा च्याम्बरका अध्यक्ष प्रदिप श्रेष्ठले बिजनेश एण्ड इन्भेष्टमेन्ट समिट २०२६ आयोजना गरिने जानकारी दिनुभयो ।

आगामी सेप्टेम्बर २६ र २७ मा आयोजना गरिने समिटमा नेपाली महावाणिज्य दुतावासको सहयोग रहने अध्यक्ष श्रेष्ठले बताउनु भयो । सेप्टेम्बरको अन्तिम साता राष्ट्रसँघको महासभापनि चल्ने र सो समयमा नेपालबाटपनि सरकारी प्रतिनिधि तथा उद्योगी व्यवसायीहरुको उपश्थिती रहने भएकोले समिट प्रभावकारी बन्ने विस्वास श्रेष्ठको थियो ।

Advertisement

कार्यक्रममा संयुक्त राष्ट्रसंघकालागि नेपालका स्थायी प्रतिनिध लोक बहादुर थापाले विदेशमा नेपाली संस्कृति र पहिचानलाई विश्वसामु चिनाउनपनि आर्थिक उपश्थिती मजबुत गराउनुपर्ने यसकालागि च्याम्बर अफ कमर्सले प्रभावकारी भुमिका खेल्न सक्ने बताउनुभयो ।

न्युयोर्कका नेपाली महावाणिज्य दुत दधिराम भण्डारीले च्याम्बरले नेपालीहरुको आर्थिक उत्थानमा खेलेको भुमिकाको प्रशंसागर्दै च्याम्बरले आयोजना गर्ने बिजनेस समिटममा पूर्ण सहयोग रहने बताउनु भयो । उहाँले विदेशमा बस्ने नेपालीहरुका कानुनी समस्यालाई नेपाल सरकारले समाधान गर्ने विस्वास दिलाउँदै भण्डारीले लगानीको वातावरणपनि सहज बन्ने बताउनुभयो ।

कार्यक्रममा बरिष्ठ अधिवक्ता खगेन्द्र जीसी, काउन्सील मेम्बर जुली वन समाजसेवी डा समिर मास्केले शुभकामना दिनुभएको थियो । कार्यक्रममा गायक एड्रीन प्रधान तथा गायीका नलिना चित्रकारले आफ्नो प्रस्तुती दिंदै मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

बार्षिकोत्सव मनाउन नेपाली समुदायका अगुवा, कानुनविद, सञ्चारकर्मी तथा कलाकारहरु उपश्थित थिए ।