बिश्व घटना

जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प, सुनामीको छाल कुजीमा ठोक्कियो

जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प, सुनामीको छाल कुजीमा ठोक्कियो


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

टोकियो । जापानको उत्तरी क्षेत्रमा सोमबार ७.५ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पका कारण सयौँ किलोमिटर टाढाको टोकियोका गगनचुम्वी भवनहरूलाई हल्लाएको छ र तीन मिटर (१० फिट) सम्म सुनामी छालहरू आउने चेतावनी दिइएको छ ।

जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार स्थानीय समयअनुसार साँझ ४ बजेर ५३ मिनेटमा उत्तरी इवाते प्रान्तको प्रशान्त महासागरमा भूकम्प गएको हो । भूकम्पको करिब ४० मिनेटपछि ८० सेन्टिमिटर ९३१ इन्च० को सुनामीको लहर इवातेको कुजीस्थित एउटा बन्दरगाहमा ठोक्किएको छ ।

Advertisement

जेएमएले सुरुमा भूकम्पको धक्का ७.४ म्याग्निच्युडको रहेको बताएपनि यसलाई पछि परिमार्जन गरी ७.५ म्याग्निच्युड रहेको पुष्टि गरिएको हो । जेएमएद्वारा जारी चेतावनीमा भनिएको छ, ‘तटीय क्षेत्र र नदी किनारका क्षेत्रलाई खाली गरी उच्च स्थान वा उद्धार भवनजस्ता सुरक्षित स्थानमा तत्काल जान अनुरोध गरिन्छ।’

राष्ट्रिय प्रसारक एनएचकेको फुटेजमा इवातेका बन्दरगाहका वरपरका धैरै स्थानमा तत्काल कुनै ठूलो क्षति नभएको उल्लेख गरिएको छ ।

जेएमएका एक अधिकारीले टेलिभिजनमार्फत दिएको एक जानकारीमा विशेष गरी आगामी दुई देखि तीन दिनभित्र वा अर्को हप्तासम्ममा यस क्षेत्रमा थप केही ठूला भूकम्पहरू आउन सक्छन् र ती अझ कडा कम्पनहरू पनि हुन सक्नेछन् भनिएको छ ।

प्रधानमन्त्री कार्यालयले संकट व्यवस्थापन टोली गठन गरेको जनाएको छ। जापान विश्वको भूकम्पीय दृष्टिकोणबाट सबैभन्दा सक्रिय तरंगहरू भएको देशहरूमध्ये एक हो। यो प्रशान्त महासागरको पश्चिमी किनारमा चार प्रमुख ‘टेक्टोनिक प्लेट’हरू, ‘रिङ अफ फायर’ को शीर्षमा स्थानमा रहेको छ ।

करिब १२ करोड ५० लाख मानिस बसोबास गर्ने यस द्वीपसमूहमा हरेक वर्ष करिब एक हजार ५०० भूकम्पीय झट्का महशुस गरिने गर्छ र यो विश्वमा हुने भूकम्पको १८ प्रतिशत हिस्सा हो ।