बिश्व घटना

बङ्गलादेशमा विद्यार्थी नेता सइदको हत्या अभियोगमा दुई प्रहरीलाई मृत्युदण्डको सजाय

बङ्गलादेशमा विद्यार्थी नेता सइदको हत्या अभियोगमा दुई प्रहरीलाई मृत्युदण्डको सजाय


शेयर गर्नुहोस:

1.1k
Shares

  • change font
  • change font

ढाका । बङ्गलादेशले विद्यार्थी नेता अबु सइदको हत्याको आरोपमा दुई पूर्व प्रहरीलाई बिहीबार मृत्युदण्डको सजाय सुनाएको छ । उनले पूर्व प्रधानमन्त्री शेख हसिनाको निरंकुश सरकार अपदस्थ गर्ने सन् २०२४ को विद्रोहलाई नेतृत्व गरेका थिए ।

सइदको उत्तरी सहर रङ्गपुरमा २३ वर्षको उमेरमा मृत्यु भएको थियो । उक्त प्रदर्शनमा प्रहरीको दमनमा मारिएका उनी पहिलो विद्यार्थी नेता थिए ।

Advertisement

सन् २०२४ जुलाई १६ मा नजिकैबाट प्रहरीले गोली हान्नुअघि उनले हात फैलाएर उभिएको अन्तिम क्षणको फुटेज हसिनाको पतनपछि बङ्गलादेशी टेलिभिजनमा पटक–पटक देखाइएको (भाइरल बनेको) थियो ।

अभियोजनकर्ताहरूले हत्याको सम्बन्धमा ३० जनालाई अभियोग लगाएका थिए, जसमा हत्यादेखि कमान्ड जिम्मेवारी र आपराधिक उद्यम समावेश थियो। मृत्युदण्डको सजाय सुनाइएका दुई व्यक्तिहरूसहित केवल छ जना हिरासतमा छन् ।

मुख्य अभियोजक अमिनुल इस्लामले सञ्चारकर्मीहरूसँग भने, “सइदले देशलाई निरङ्कुश शासनबाट मुक्त गर्न आफ्नो जीवन बलिदान दिनुभएको थियो । उहाँको हत्यामा अभियोग लगाइएका सबै ३० जनालाई दोषी ठहराइएको छ ।”

जिल्ला प्रहरी कार्यालयका अमिर हुसेन र सुजनचन्द्र रोयलाई मृत्युदण्डको सजाय सुनाइएको छ । उनीहरूका वकिल अजिजुल हक दुलुले पत्रकारहरूसँग उनीहरूको तर्फबाट आफूले अपिल दायर गर्ने बताएका छन् ।

अदालतले सइद अध्ययनरत बेगम रोकिया विश्वविद्यालयका उपकुलपतिसहित अन्य २८ जनालाई जेल सजाय सुनाएको छ ।

हसिनाको अवामी लिगको विद्यार्थी शाखा हाल प्रतिबन्धित बङ्गलादेश छात्र लिगका एक नेतालाई पनि सजाय सुनाइएको छ ।

केहीले १० वर्षसम्म जेल सजाय भोग्नुपर्ने भए पनि सइदका भाइ रमजान अली र शहिद सइदका परिवारले दोषीलाई कडा सजाय हुनुपर्ने बताएका छन्।

उनले एएफपीसँग भने, “अदालतले वरिष्ठ प्रहरी अधिकारी र छात्र लिगका नेतालाई हल्का सजाय सुनाएको छ । हामी यसविरूद्ध अपिल दायर गर्नेछौँ । एएफपी