ग्लोबल नेपाली

एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन: सबै पदाधिकारी निर्विरोध निर्वाचित

एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन: सबै पदाधिकारी निर्विरोध निर्वाचित


शेयर गर्नुहोस:

3.2k
Shares

  • change font
  • change font

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। संघको अध्यक्षमा डा. हेमराज शर्मा (यूके) सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा रोबिन प्रसाद शेरचन (जापान) निर्विरोध निर्वाचित भएका छन्।

अध्यक्षमा डा. हेमराज शर्मा (यूके) सर्वसम्मत रूपमा निर्वाचित

उपाध्यक्ष पदमा ), रोशन थापा (जाम्बिया)बुद्धि सुबेदी (अमेरिका), चिन्ता मणि सापकोटा (स्पेन), ददिवाल खड्का (जापान), दिनेश पोखरेल (अष्ट्रेलिया), गोपीकृष्ण काफ्ले (क्यानडा), डा. ज्ञानेन्द्र रेग्मी (अष्ट्रेलिया), जुनु गुरुङ (दक्षिण कोरिया), कमल मणि गुरागाईं (कतार), खगेन्द्र न्यौपाने (मलेसिया), लोक प्रसाद दाहाल (बेल्जियम), महेन्द्र ओली (अष्ट्रेलिया), मनोज कुमार श्रेष्ठ (यूएई), प्रबिन गुरुङ (कतार), पूर्णचन्द्र बनियाँ (अमेरिका), रबिनराज बज्राचार्य (अमेरिका), रामशरण सिम्खडा (यूके), रोजिना प्रधान राई (यूके र टंकप्रसाद गैरे (जापान) तिलक गैरे(पोर्तुगल, बिश्व दीप तिगिला (यूके), सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

Advertisement

महिला उपाध्यक्षमा राधिका गुरुङ (हङकङ) तथा युवा उपाध्यक्षमा भीमसेन थापा (पोर्चुगल) निर्विरोध चयन भएका छन्।

महासचिवमा डा. चिरञ्जीवी खड्का (चेक गणतन्त्र) निर्विरोध हुँदा उपमहासचिवमा अनुजा प्रधान (बेल्जियम), बेदराज बस्नेत (अमेरिका), दिनेश कुमार घिमिरे (यूके), पारसमणि पोखरेल (जापान), राजेन्द्र अर्याल (साउदी अरेबिया), स्वतन्त्र प्रताप शाह (अष्ट्रेलिया) निर्विरोध निर्वाचित भएका छन्।

सचिव पदमा अभिमन्यु बस्नेत (क्यानडा), दीपेश खत्री (जर्मनी), मदनराज पौडेल (अष्ट्रेलिया), माधव दुलाल (क्यानडा), मोहम्मद मुक्तदा मु (कतार), प्रसुना कडेल (यूके), शिवप्रसाद पौडेल (जापान), सुजन अधिकारी (अष्ट्रेलिया), सुजन केसी खत्री (कुवेत), सुपेन्द्र घिसिङ (जापान) यज्ञनारायण पौडेल (स्पेन) (यूके), भवानी प्रसाद तिमल्सिना (युएई), रमेश भट्ट (कतार)सर्वसम्मत रूपमा चयन भएका छन्।

महिला सचिवमा अमृता थापा (चीन), कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सेना (यूके), सह-कोषाध्यक्षमा अब्दुल बासिद (कतार)बिमल सुबेदी (कतार) तथा महिला सह-कोषाध्यक्षमा गंगा खतिवडा (दक्षिण कोरिया) निर्विरोध निर्वाचित भएका छन्।

महिला संयोजकमा रश्मी थापा (क्यानडा) र युवा संयोजकमा नवीन निउरे (जापान) निर्विरोध भएका छन्।

क्षेत्रीय संयोजकहरूतर्फ अफ्रिकामा मनोज बी.के. (सेशेल्स), अमेरिकामा भुवन खरेल (क्यानडा), एसिया–प्रशान्तमा दीपक प्रसाद कँडेल (जापान), युरोपमा रोबोट लिम्बु (पोर्चुगल), मध्यपूर्वमा रमेश श्रेष्ठ (यूएई) र ओसियानियामा रमेश जोशी (अष्ट्रेलिया) सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

त्यसैगरी अमेरिका क्षेत्रको उप-क्षेत्रीय संयोजक पदमा नेत्र पाण्डे र सम्राट थापा सर्वसम्मत रूपमा विजयी भएका छन्।

यसैगरी, एशिया प्यासिफिक क्षेत्रको उप-क्षेत्रीय संयोजक पदमा भविन्द्र बस्नेत (थाइल्याण्ड), छत्र बहादुर दाहाल (जापान) र लाल सिंह खड्का (कम्बोडिया) सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।
युरोप क्षेत्रका उप-क्षेत्रीय संयोजक पदमा बेलायतका तिलक राम भट्टराई सर्वसम्मत रूपमा चयन हुनु भएको छ।

मध्यपूर्व क्षेत्रका उप-क्षेत्रीय संयोजकमा ओमनका बिकाल झा, यूएईका बिकास शाही र विष्णु लाल श्रेष्ठ, साथै कतारका करिम बक्स मिया सर्वसम्मत निर्वाचित भएका छन्।

ओसियाना क्षेत्रका उप-क्षेत्रीय संयोजकमा अष्ट्रेलियाका छबी प्रसाद सापकोटा, सीके भुसाल र हेमन्त काफ्ले निर्वाचित भएका छन्।

एशिया प्यासिफिक, युरोप, मध्यपूर्वका अफ्रिका, अमेरिका र ओसियनिया क्षेत्रमा महिला संयोजक पदका उम्मेदवारहरूमा संगीता अधिकारी (जापान), बाबा (राजेश्वरी) थापा (अस्ट्रिया), सरिता भण्डारी (कतार) लगायतका निर्वाचित भएका छन्।

उप-क्षेत्रीय महिला संयोजकमा युरोपका लागि राधा सिग्देल (जर्मनी) र मध्यपूर्वका लागि मञ्जु मल्ल (यूएई) निर्विरोध भएका छन्। एशिया प्यासिफिक उप-क्षेत्रीय युवा संयोजकमा राम थापा (जापान),यूरोप उप-क्षेत्रीय युवा संयोजक शिव सागर बुढथोकी (पुर्तुगल) र मध्य पूर्वमा सुजन सापकोटा (यूएई) तथा उप-क्षेत्रीय युवा संयोजकमा ओमन गौचन (यूके) र बासुदेव सापकोटा (साउदी अरेबिया) निर्विरोध भएका छन्। त्यसैगरी, दोस्रो पुस्ताका संयोजकमा दीपमाला ढकाल (हङकङ) निर्विरोध निर्वाचित भएकी छन्।

अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) अन्तर्गत प्रवक्ता (Spokesperson) पदमा सोम सापकोटा सर्वसम्मत रूपमा मनोनित हुनु भएको छ।