मुख्य समाचार

समानुपातिकतर्फ एक करोड पाँच लाख ८६ हजार बढी मतगणना

समानुपातिकतर्फ एक करोड पाँच लाख ८६ हजार बढी मतगणना


शेयर गर्नुहोस:

1.1k
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड पाँच लाख ८६ हजार ४५४ मतगणना भएको छ ।

निर्वाचन आयोगले उपलब्ध गराएको अद्यावधिक विवरणअनुसार मङ्गलबार बेलुकी ७ः४५ सम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ५० लाख ७१ हजार २७४ मत प्राप्त गरेको छ । प्रतिशतका हिसाबले रास्वपाले ४७.९० प्रतिशत मत प्राप्त गरेको छ ।

Advertisement

यस्तै, नेपाली कांग्रेसले १७ लाख २२ हजार १२४, नेकपा (एमाले)ले १४ लाख ३२ हजार ६००, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सात लाख ८५ हजार ४६०, श्रम संस्कृति पार्टीले तीन लाख ७० हजार ४९१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन लाख २७ हजार ३५८ मत प्राप्त गरेको छ ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपालले एक लाख ७३ हजार ३८८, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ६७ हजार ९६५ र जनमत पार्टीले ७८ हजार १५५ मत प्राप्त गरेको छ । तीन संयुक्त पाटीृको ६१ हजार १०८ र अन्य साना पार्टीको ५० हजार भन्दा कम आएको छ । मतगणना अझै जारी छ ।

शेयर गर्नुहोस:

1.1k
Shares