मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

रास्वपा मुलुकलाई समृद्ध, सुशासनयुक्त र भ्रष्टाचारमुक्त बनाउन आएको हो : अर्याल

रास्वपा मुलुकलाई समृद्ध, सुशासनयुक्त र भ्रष्टाचारमुक्त बनाउन आएको हो : अर्याल


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ९ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डोलप्रसाद (डिपी) अर्यालले अब पार्टीको प्रतिस्पर्धा कुशासन र भ्रष्टाचारीसँग हुने बताएका छन् ।

निर्वाचन कार्यालयबाट विजयको प्रमाणपत्र लिएपछि आज मतदातालाई सम्बोधन गर्दै उनले अब मुलुक समृद्धितर्फ अगाडि बढ्ने विश्वास व्यक्त गरे । “यो जित यस क्षेत्रका सबै मतदाताको हो । म सम्पूर्ण मतदाता र मेरा प्रतिस्पर्धी मित्रलाई धन्यवाद दिन चाहन्छु । हामी यो चुनावी यात्रामा सँगसँगै हिँड्यौँ । उहाँहरू मेरा सहयात्री हुनुहुन्छ । मेरो प्रतिस्पर्धा भ्रष्टाचारीसँग मात्रै हुन्छ”, अर्यालले भने ।

Advertisement

उनले रास्वपा मुलुकलाई समृद्ध, सुशासनयुक्त र भ्रष्टाचारमुक्त बनाउन आएको पनि बताए। अर्यालले काठमाडौँ क्षेत्र नम्बर ९ मा जनताले अनुभूति गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए।

अर्याल ३५ हजार ९३ मत ल्याएर निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी नानुमैया बास्तोलाले पाँच हजार ४६० मत प्राप्त गरिन् ।

शेयर गर्नुहोस:

81
Shares