मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

मुस्ताङ–१ मा कांग्रेसका योगेश गौचन विजयी

मुस्ताङ–१ मा कांग्रेसका योगेश गौचन विजयी


शेयर गर्नुहोस:

270
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङ–१ बाट योगेश गौचन थकाली विजयी भएका छन् । गौचनले एमालेका इन्द्रधारा विष्टलाई हराउँदै विजयी भएका हुन् ।

गौचन अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए । उनी नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा हुन्। यसपटक १ हजार ५०१ मतको फराकिलो अन्तरसहित जित हासिल गरेका छन् ।

Advertisement

भर्खरको मतगणनाअनुसार गौचनले ३ हजार ३०७ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी विष्टले १ हजार ८०६ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७५९ मत पाएका छन्। अन्य दलका उम्मेदवार कम मत पाएका छन् ।

योगेश गौचन २०७९ को निर्वाचनमा पनि विजयी भएका थिए। त्यतिबेलासमेत उनले ३,९९६ मत पाउँदै एमालेका प्रेम प्रसाद तुलाचन ९३,०७८ मत० लाई पछि पारेका थिए ।

उनी थासाङ गाउँपालिकाका स्थायी बासिन्दा हुन्। स्नातक स्तरमा बिजनेस म्यानेजमेन्ट पढेका गौचन पर्यटन र होटल व्यवसायमा पनि संलग्न छन् ।

शेयर गर्नुहोस:

270
Shares