मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार

बढ्दो क्षेत्रीय तनावका बीच अमेरिकाद्वारा खाडी मुलुकका दूतावासहरू बन्द

बढ्दो क्षेत्रीय तनावका बीच अमेरिकाद्वारा खाडी मुलुकका दूतावासहरू बन्द


शेयर गर्नुहोस:

243
Shares

  • change font
  • change font
  • change font

वासिङ्टन । बढ्दो तनावका बीचमा संयुक्त राज्य अमेरिकाले मध्यपूर्व र खाडी मुलुकस्थित दूतावास तथा कूटनीतिक मिसनहरू बन्द गर्ने घोषणा गरेको छ भने तनावग्रस्त देशमा रहेका कर्मचारी र नागरिकलाई देश छोड्न आदेश दिएको छ ।

साउदी अरबको रियाद स्थित अमेरिकी दूतावासमा मङ्गलबार देखि अर्को सूचना नआउन्जेल सम्मका लागि सबै कार्यहरु बन्द गरिएको छ । सामाजिक सञ्जाल एक्समा दूतावासले साउदी अरबमा रहेका अमेरिकी नागरिकहरूलाई दुतावास परिसरबाट टाढा रहन आग्रह गरेको छ । यस अघि साउदी अरबका अधिकारीहरूले रियादमा रहेको दूतावासमा दुईवटा ड्रोन प्रहार गरेको पुष्टि गरेका थिए ।

Advertisement

कुवेत स्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल एक्स मार्फत अर्को सुचना जारी नभए सम्म सम्पुर्ण सेवाहरू निलम्बन गरेको छ । अमेरिकी विदेश विभागले गैर–आवासिय कर्मचारी उनीहरुका परिवारका सदस्यहरूलाई बहराइन, जोर्डन र इराक छोड्न आदेश दिएको छ ।

विभागले सरकारी कर्मचारी र उनीहरूका परिवारहरूलाई स्वैच्छिक प्रस्थानको अनुमति दिन बहराइन, जोर्डन र इराककालाई अनुरोधसमेत गरेको जनाइएको छ । सयुक्त राज्य अमेरिकाले मध्यपूर्वमा तीव्र रुपमा द्वन्द्व बढिरहेका समयमा यस्तो घोषणा गरेको हो ।

गत शनिबार इरानमा संयुक्त राज्य अमेरिका र इजरायलले गरेको आक्रमणमा परी इरानका सर्वोच्च नेतासहित कमान्डरहरूको मृत्यु भए पछि द्वन्द्व चर्किएको थियो । प्रतिक्रियामा, इरानले इजरायल र अन्य क्षेत्रीय संरचना विरुद्ध मिसाइल तथा ड्रोन आक्रमण सुरु गरेको छ, जसले द्वन्द्वलाई अझै बढी सक्रिय बनाएको छ । क्युएनए

शेयर गर्नुहोस:

243
Shares