मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना

ह्युस्टनमा भव्य फागु-पर्व

ह्युस्टनमा भव्य फागु-पर्व


शेयर गर्नुहोस:

324
Shares

  • change font
  • change font
  • change font

ह्युस्टन, टेक्सस ।

नेपाल बाहिर नेपालीहरुको संख्या बढेसंगै नेपालमा मनाइने चाडपर्वहरु नेपालमा जत्तिकै धुमधामले मनाउने चलन बढिरहेको छ। ठ्याक्कै पर्वकै दिन नपरेपनि चाडवाडको नजिकको सप्ताहन्तमा सार्वजनिक स्थलमा भेला भएर चाडपर्व मनाउने गरिएको छ। नेपालमा भोली सोमवार (पहाडी भेग) र मङ्गलवार (तराई) दुईदिन फागु/होली पर्व मनाईंदै भएपनि अमेरिकाको दक्षिणी राज्य टेक्ससको बृहत्तर ह्युस्टन क्षेत्रमा बस्ने नेपालीहरुले भने आज आइतवार नै फागु पर्व (होली) धुमधामले मनाएकाछन् मनाएकाछन्।

Advertisement

नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच)को आयोजनामा टेक्ससको ह्युस्टनस्थित श्रीपशुपति मन्दिर एवं हिमालयन कल्चरल सेण्टर परिसरमा फागु पर्व हर्सोल्लासपूर्वक मनाइएको हो। करिब तीनसयको संख्यामा भेला भएका नेपालीहरुले आपसमा रंग लगाउँदै शुभकामना साटासाट् गर्दै फागु पर्व मनाएका हुन्।

‘जहाँ भएपनि हामी नेपाली’ भन्दै रंगहरुको उत्सव—फागु पर्वमा सबै उमेर समुहका नेपालीहरुको उत्तिकै सक्रियता देखिन्थ्यो। युवा, वयस्क, केटाकेटी सहित हजुरबा/हजुरआमाहरुको समेत सक्रिय सहभागिता रहेको फागु पर्व नाचगान सहित मनाइएको थियो। फागु उत्सवमा सहभागीहरुले स्थानीय नेपाली रेष्टुँरा काठमाण्डु करी र गोर्खा ग्रिलको फूड स्टलबाट नेपालीहरुको रोजाइको मोमो लगायतका खानाको मज्जा समेत लिन पाएका थिए।

फागुको उत्सवकाबीच एनएएचका अध्यक्ष ज्ञानेश्वर श्रेष्ठले बृहत्तर ह्युस्टनमा बन्दै गरेको श्री पशुपतिनाथ मन्दिर तथा सामुदायिक भवन निर्माण अभियानमा सहयोग गर्न सबै नेपालीहरुलाई आव्हान गरेका थिए। अध्यक्ष श्रेष्ठले सामुदायिक भवनको फाउण्डेसनको काम शुरु भइसकेकोले मन्दिर/सामुदायिक भवन निर्माण प्रोजेक्टमा सबै नेपालीहरुलाई सकेको सहयोग गर्न अनुरोध समेत गरेका थिए।

सोही अवसरमा सल्लाहकार द्रोण गौतमले यस अघि नै सहयोगको प्रतिबद्धता गरिसक्नु भएका र पहिलो किस्ता सहयोग गरिसक्नु भएकाले दोश्रो किस्ता बुझाइदिन अनुरोध  गरेका थिए। ह्युस्टनमा जस्तै अमेरिकाका धेरैजसो स्थानहरुमा आज आइतवार नै फागु पर्व मनाएको खबर प्राप्त भएको छ।

शेयर गर्नुहोस:

324
Shares