मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना

वार्तामा फर्किन राष्ट्रसङ्घीय मानवअधिकार प्रमुखको आग्रह

वार्तामा फर्किन राष्ट्रसङ्घीय मानवअधिकार प्रमुखको आग्रह


शेयर गर्नुहोस:

216
Shares

  • change font
  • change font
  • change font

जेनेभा । संयुक्त राष्ट्र सङ्घका मानव अधिकार प्रमुखले मध्यपूर्वमा शनिबार भएको हमलाको निन्दा गर्दै सबै पक्षलाई वार्तामा फर्कन आग्रह गरेका छन् ।

भोल्कर टर्कले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आज बिहान इरानमा इजरायल र अमेरिकाले गरेको सैन्य आक्रमण र त्यसपछि इरानले गरेको जवाफी आक्रमणप्रति म खेद व्यक्त गर्दछु । कुनै पनि सशस्त्र द्वन्द्वको अन्तिम मूल्य सधैँँ सर्वसाधारणले नै चुकाउनुपर्छ ।”

Advertisement

उनीहरूले केही घण्टा अघि मात्र सक्रिय रूपमा समाधान खोजिरहेको स्मरण गर्दै उनले भने, “नागरिकहरूका लागि यी भयानक परिणामहरू रोक्नको लागि, म संयम अपनाउन र सबै पक्षहरूलाई कारण हेर्न, तनाव कम गर्न र वार्ताको टेबलमा फर्कन आग्रह गर्दछु ।”

इरानको विदेश मन्त्रालयले अमेरिका र इजरेलको हमला गर्ने ’नियत’ रहेको बारे आफूहरू जानकार हुँदा हुँदै पनि वार्तामा बसेको बताएको छ। ‘इरानले अमेरिकासँग कूटनीतिक प्रक्रियामा जारी राखेकै बेला’ आक्रमण भएको तेहरानले जनाएको छ ।

इरान र अमेरिकाबीचको तेस्रो चरणको अप्रत्यक्ष वार्ता जेनेभामा फेब्रुअरी २६ मा सम्पन्न भएको थियो भने सोमबारपछि पुनः वार्ता हुने तयारी थियो । गत वर्षको मे महिनामा पनि ती दुई देशले पाँच चरणमा वार्ता गरेका थिए। छैटौँ चरणको वार्ता भने इजरायलले इरानमा आक्रमण गरेपछि रद्द भएको थियो ।

त्यसपछि १२ दिनसम्म चलेको युद्धका बेला अमेरिकाले इरानका तीनवटा महत्त्वपूर्ण परमाणु केन्द्रहरूमा बमबारी गरेको थियो । एएफपी

शेयर गर्नुहोस:

216
Shares