मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना

इरानी विद्यालयमा इजरायली आक्रमण : कम्तीमा ८५ जनाको मृत्यु, ४० गम्भीर घाइते

इरानी विद्यालयमा इजरायली आक्रमण : कम्तीमा ८५ जनाको मृत्यु, ४० गम्भीर घाइते


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

तेहरान । इरानको मीनाब सहरस्थित बालिका प्राथमिक विद्यालयमा भएको इजरायली हमलामा ज्यान गुमाउनेको संख्या बढेर ८५ पुगेको छ।

यो जानकारी इरानको सरकारी सञ्चारमाध्यमले दिएको हो । मृतकमध्ये ठूलो संख्या छात्राहरूको रहेका छन् । मध्यपूर्वमा तनावले युद्धको रूप लिएका बेला इजरायलले इरानी विद्यालयमा नरसंहार मच्चाएको हो ।

Advertisement

शनिबार बिहानैदेखि अमेरिका र इजरायली सेनाले संयुक्त रूपमा इरानका विभिन्न सैन्य तथा रणनीतिक क्षेत्रहरूमा भीषण आक्रमण सुरु गरेका छन् । यस आक्रमणको जवाफमा इरानले पनि इजरायल र यस क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा सयौँ ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार गरेपछि स्थिति नियन्त्रण बाहिर पुगेको छ ।

इरानको दक्षिणी प्रान्त होर्मोज्गानमा रहेको मिनाब सहरस्थित शजरेये तय्येबाह नामक प्राथमिक बालिका विद्यालयमा इजरायली मिसाइलले निशाना बनाएको छ । इरानको सरकारी समाचार एजेन्सी इर्नाका अनुसार उक्त आक्रमणमा कम्तीमा ८५ जनाको मृत्यु भएको छ भने ४० जना गम्भीर घाइते भएका छन् ।

मिनाबका प्रान्तीय गभर्नर मोहम्मद रादमेह्रले अझै पनि ८५ जना विद्यार्थीहरू विद्यालयको भग्नावशेषमा पुरिएर मारिएको बताएका छन् ।  एएफपी

शेयर गर्नुहोस:

135
Shares