मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ

दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ


शेयर गर्नुहोस:

513
Shares

  • change font
  • change font
  • change font

दाङ । दाङको तुलसीपुरमा नेकपा (एमाले) को झण्डा जलाएको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले तुलसीपुर उपमहानगरपालिका-४ हलवार निवासी ३० वर्षीय रमेश रानामगर र तुलसीपुर-६ गाइडहर निवासी २४ वर्षीय विक्रम परियारलाई शनिबार पक्राउ गरिएको जानकारी दिए ।

Advertisement

यही प्रकरणमा शुक्रबार तुलसीपुर-७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरिएको थियो । प्रहरी नायब उपरीक्षक बोहराले झण्डा जलाउने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको र अन्य सम्भावित व्यक्तिहरूको खोजी भइरहेको जानकारी दिए ।

दाङको घोराहीमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेता बालेन्द्र शाह आउने खबर पाएपछि दाङ तुलसीपुरको वीरेन्द्र चोकमा भेला भएका समर्थकाहरूको भिडमा झण्डा जलाइएको थियो । एमालेले त्यस कार्यको विरोध गरिरहेको छ ।

शेयर गर्नुहोस:

513
Shares