मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

देशमा सुशासन स्थापना गर्ने सभापति थापाको प्रतिज्ञा

देशमा सुशासन स्थापना गर्ने सभापति थापाको प्रतिज्ञा


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशमा सुशासन स्थापना गर्ने प्रतिज्ञा गरेका छन् । जनकपुरको तिरूहुतिया गाछीमा आज आयोजित प्रतिज्ञासभालाई सम्बोधन गर्दै उहाँले सबैलाई समेटेर लैजान कांग्रेस सक्षम रहेको दाबी गरे ।

सभापति थापाले भने, ‘मधेशबाट कांग्रेसले देश बदल्ने सहास लिएको छ । आट लिएको छ । अब मधेसले देशको सङ्घीयतालाई कार्यान्वयन गराउन जरूरी छ ।’ उनले मधेसले देशलाई नेतृत्व गर्ने शिक्षा, स्वास्थ्य र विज्ञान र सूचना प्रविधिको क्षेत्र भएकाले मधेशले अब परिवर्तिन गर्नुपर्ने बताए ।

Advertisement

उनले भने, ‘मधेसको शिक्षा नभएको भए आज पहाडमा गणित राम्रो पढाइ हुँदैनथ्यो । पहाडमा मधेसका शिक्षकले पढाएका हुन् । उहाँकै शिक्षाले देश शिक्षित भएको छ । तर आज मधेसको शिक्षा, स्वास्थ्य र बिमाको अवस्था जरजर छ, यहाँ किसान, उखु किसानको अवस्था, पर्यावर्यावरणको अवस्था भयावह छ । खानेपानीको समस्या समाधान गर्न म मधेस आएको हुँ ।’

सभापति थापाले सिङ्गो देशलाई पाल्न सक्ने तागत बोक्न सक्ने मधेस बनाउने कांग्रेसले प्रतिज्ञा गरेको बताए । उनले मधेसका या देशका जुनसुकै युवा विदेशमा भए त्यहाँ दूतावास राखेर भए पनि नेपालीको हेरचाह गर्ने व्यवस्था गर्ने उल्लेख गरे । सभापति थापाले भने, ‘अब मधेश वा कुनै क्षेत्रका नेपाली विदेशमा रहेछ भने उसको हेरचाह गर्न नेपाल सरकारले दूतावासको व्यवस्था र कर्मचारीको व्यवस्था गर्छ ।’

सभापति थापाले मधेसको वित्तीय संरचना खल्बलिएकाले यहाँका सहकारी ठगलाई तह लगाउन कांग्रेस मधेस आएको बताए । ‘यहाँको वित्तीय संस्था खल्बलिएको छ’, उनले भने, ‘सहकारी ठगको बिगबिगी बढेको छ । सहकारी ठगहरूलाई तह लगाउन कांग्रेस मधेस झरेको छु ।’

सभापति थापाले मधेसका युवाहरूले देखेको क्रिकेटको सपना पूरा गराउन चाहेकोले यहाँ क्रिकेट एकाडेमी बनाउने रहेको बताएका छन् । उनले भने, ‘मैले यहाँका युवाको क्रिकेटको सपना पूरा गर्न चाहन्छु ।’ उनले आफू मधेसको बेटा बन्न आएको भन्दै दुर्गानन्दको सहास, कुशेश्वरको रगतको सम्मान र महेन्द्रनिधिको जीवनशैली रहेकोले यहाँ आफू मधेसमा आएको बताए ।

कांग्रेस पखालिएर जनविश्वास लिन मधेस आएको सभापति थापाले बताए । ‘अब हामी मत मात्रै होइन विश्वास र भरोसा लिन आएक छौँ । देशलाई सँगसँगै हिँडाउन र परिवर्तन देख्न आएको हुँ । म सबै युवाको सपना पूरा गर्न र युवाहरूको साँझा पार्टी बनाउन आएको हुँ’, उनले भने ।

शेयर गर्नुहोस:

0
Shares