मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

कांग्रेसको निर्वाचन प्रचार समितिमा चापागाईं मनोनीत

कांग्रेसको निर्वाचन प्रचार समितिमा चापागाईं मनोनीत


शेयर गर्नुहोस:

1.8k
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन प्रचारप्रसार समितिमा वरिष्ठ पत्रकार, नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पूर्वअध्यक्ष प्रदीप चापागाईं मनोनीत भएका छन् ।

पार्टीको विशेष महाधिवेशनबाट बनेको प्रवक्ता देवराज चालिसे नेतृत्वको समितिमा चापागाईंलाई मनोनयन गरिएको हो । नेपाली कांग्रेसमा निर्वाचन परिचालन समितिपछि प्रभावशाली मानिने केन्द्रीय निर्वाचन प्रचार प्रसार समितिमा चापागाईंको प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ । पार्टी उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको निर्वाचन परिचालन समितिसँग समन्वय गर्दै प्रचार रणनीति अघि बढाउने जिम्मेवारी सो समितिलाई छ।

Advertisement

प्रवक्ता चालिसेको संयोजकत्वमा रहेको प्रचार प्रसार समितिले चुनावी सन्देश प्रभावकारी रूपमा मतदातासम्म पुर्‍याउने काम गर्नेछ । चापागाईंसँग लामो समयसम्म नेपाल टेलिभिजनको आर्थिक समाचार प्रमुखका रूपमा रहेर पत्रकारिता गरेको अनुभव छ ।

शेयर गर्नुहोस:

1.8k
Shares