मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार

रास्वपा नागरिक करारमा वंशज नागरिकताको निरन्तरता, विदेशमा बस्ने नेपाली उत्साहित

रास्वपा नागरिक करारमा वंशज नागरिकताको निरन्तरता, विदेशमा बस्ने नेपाली उत्साहित


अमेरिका- राष्ट्रिय स्वतन्त्र पार्टीले वंशजको नागरिकताको निरन्तरताकालागि नागरिक करार गरेको छ । नेपाली नागरिकताको निरन्तरता विदेशमा वस्ने नेपालीको प्रमुख मुद्दा हो । यसलाई अगाडी वढाउने रास्वपाले प्रतिवद्धता जनाएको हो ।

विदेशमा वस्ने नेपालीको वंशज नागरिकता निरन्तरताका लागि नागरिकता खोई अभियानका संयोजक बासुदेश घिमिरेले रास्वपाले देशको हित र विदेशमा वस्ने नेपाली दुवैको भावना वुझ्न सकेको वताए । दुई बर्ष देखी हामी वंशजको नागरिकता निरन्तरता हुनुपर्छ भनेर चिच्याईरहेको थिएं रास्वपाको नागरिक करारमा हाम्रो माग सुनुवाई भएकोमा म आज निकै खुशी छु घिमिरे भने ।
अरु उदारवादी पार्टीहरुले पनि हाम्रो मुद्दामा सकरात्मक हुनुहुन्छ घिमिरेले भने ।

Advertisement

जसले वंशजको नागरिकता निरन्तरता र विदेशमा वस्ने नेपालीको मुद्दालाई उठाउंदैन त्यस पार्टी र व्यक्तिलाई भोट नदिन, चुनावमा वहिष्कार गर्न म आग्रह गर्छु घिमिरे भने नागरिकता खोई अभियानले वंशजको नागरिकता निरन्तरताका लागि विगत दुई वर्ष देखी लविगं गर्दै आएको थियो । राजनीतिक पार्टीका नेता, नागरिक समाज, मिडियमा पटक पटक यसले देशलाई फाइदा हुने जानकारी दिदैं आएको थियो । यो मुद्दा विदेशमा वस्ने नेपालीको भन्दा पनि देशको आर्थिक विस्तारका लागि अत्यावश्यक भएको उक्त अभियानले दावी छ ।

अमेरिका युरोप, अष्ट्रेलिया वस्ने नेपालीले त्यहांको बसाईलाई सहज र सरल बनाउने विदेशी नागरिकता लिदैं आएका छन् । तर, नेपाली नागरिकता त्यागेका थिएनन । पुराना राजनीतिक पार्टी नेताको अनुदार सोचका लागि यसरी वाध्यतावश नेपाली नागरिकता लिने वंशजको नेपालीलाई विदेशी वनाईएको थियो । वंशजको नागरिकको नागरिकता कसरी खोस्न मिल्छ घिमिरेले भने हाम्रो प्रमुख मुद्दा यही हो ।

विदेशमा गएका नेपालीलाई नेपाल ल्याउन आवश्यक भएको अवस्थामा यति सानो कुरा पनि नबुझने व्यक्ति नेता हुनै योग्य हुदैंन नेतृत्व गर्न योग्य हुदैंन घिमिरेले भने ।

केही दिन अघि गुल्मी जिल्लाको एक चुनावी कार्यक्रममा रामकुमारी झांक्रीले विदेशमा वस्ने नेपालीलाई तुच्छ गाली गर्दै वुटबलम चना चटपटे विक्री गर्नेभन्दा फनि तल्लो स्तरको भनेकि थिईन ।

उनको यो भनाई प्रति व्यापक असन्तुष्ठि व्यक्त गरिएको थियो । उनीलाई वहिरष्कार गर्न र जहां जान्छिन त्यहां उनले भोट दिन भनेको उम्मेदवारलाई हराउनु पर्ने समाजिक संजालमा व्यापक वनाईएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावका लागि सार्वजनिजक नागरिक करारको पांचौ बुंदामा प्रवासको विषय समेटेको छ । उक्त करारमा आजको अवस्था भन्दै लेखिएको छ विश्वव्यापी नेपाली माग पुंजीको खण्डित उपयोग, प्रवासी नेपालीको मताधिकार शुन्य, गैर आवासीय नागरिकताको फितलो कार्यान्वयन । त्यस पछि हाम्रो एजेण्डामा रास्वपाले भनेको छ विदेशमा वस्ने नेपालीहरुलाई अनलाइन मताधिकार, वंशजको नागरिकताकोे निरन्तरता, सार्वभौम डायस्पोरा फण्डको कार्यान्वयन, सरक्षित लगानी,सम्मानित देश फिर्ताको वातावरण,मर्यादित बैदेशिक रोजगारी ।

रास्वपाले विदेशमा वस्ने सवै नेपालीको मुद्दा सम्वोधन गर्ने प्रतिवद्धता जनाएको छ । जुन विदेशमा वस्ने नेपालीको मुख्य माग थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि वंशजको नागरिकतालाई निरन्तरता दिने मुद्दालाई स्विकार गरेको घिमिरेले वताए । राप्रपाको संकल्पमा वंशजको नागरिकताको निरन्तरता एक पटकको नेपाली संधैको नेपाली उल्लेख छ । कांग्रेसले पनि घोषणा पत्रमा यो मुद्दालाई राख्ने जानकारी पाएको घिमिरेले वताए ।

शेयर गर्नुहोस:

1.1k
Shares