मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

ग्रेटर अस्टिनमा भव्य महाशिवरात्रि मेला हुने , पहिलो पटक पे–पार्किंग व्यवस्था

ग्रेटर अस्टिनमा भव्य महाशिवरात्रि मेला हुने , पहिलो पटक पे–पार्किंग व्यवस्था


शेयर गर्नुहोस:

297
Shares

  • change font
  • change font
  • change font

अस्टिन। ग्रेटर अस्टिन नेपाली सोसाइटीको आयोजनामा आइतबार, फेब्रुअरी १५, २०२६ मा महाशिवरात्रि पर्वको भव्य धार्मिक तथा सांस्कृतिक उत्सव आयोजना हुने भएको छ। आयोजकका अनुसार कार्यक्रममा हजारौ भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रममा महारुद्राभिषेकम, रुद्राभिषेकम, भजन–कीर्तन, ध्यान तथा साँझ ७ बजे तीन जना पुजारीद्वारा सम्पन्न गरिने महाआरती मुख्य आकर्षण रहनेछ। यसै अवसरमा महाशिवरात्रि मेला पनि सञ्चालन गरिनेछ, जहाँ विभिन्न स्टल, शिव धुनी तथा बालबालिकाका लागि बाउन्सी हाउस, निःशुल्क पपकर्न र कटन क्यान्डीको व्यवस्था गरिएको छ। बिहान ११ बजेदेखि राति १० बजेसम्म निःशुल्क महाप्रसाद वितरण गरिने आयोजकले जनाएको छ।

Advertisement

यस वर्षको महाशिवरात्रि कार्यक्रममा ग्रेटर अस्टिन क्षेत्रमा पहिलो पटक व्यवस्थित पे–पार्किंग व्यवस्था लागू गरिएको छ। मन्दिर परिसरमा सीमित संख्यामा मात्र अग्रिम पे–पार्किंग उपलब्ध हुने र प्रति गाडी २० डलर शुल्क लाग्ने आयोजकले जानकारी दिएका छन् , छोटो समयका लागि दर्शन गर्न आउने भक्तजनलाई दिउँसो १ बजेसम्म पार्किंग शुल्क नलाग्ने व्यवस्था गरिएको छ।

भीड व्यवस्थापनका लागि याडम ओर्गान पार्क हट्टो बाट मन्दिरसम्म निःशुल्क शटल सेवा सञ्चालन गरिनुका साथै, सकेसम्म कार–पुल गरेर आउन भक्तजनलाई अनुरोध गरिएको छ।

आयोजकले महाशिवरात्रि मेला धार्मिक आस्थासँगै नेपाली समुदायको सांस्कृतिक एकताको प्रतीक भएको उल्लेख गर्दै सबैलाई सहभागिताका लागि आग्रह गरेका छन्।

शेयर गर्नुहोस:

297
Shares