मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

जेनजी आन्दोलनबाट पाठ सिक्ने पार्टी कांग्रेसमात्रै हो : सभापति थापा

जेनजी आन्दोलनबाट पाठ सिक्ने पार्टी कांग्रेसमात्रै हो : सभापति थापा


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भाद्र २३ र २४ को जेनजी आन्दोलनबाट पाठ सिकेर सच्चिएको पार्टी कांग्रेसमात्रै रहेको दाबी गरेका छन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ ले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले भाद्र २३ र २४ को आन्दोलनपछि कांग्रेस सच्चिएर अघि बढेको र अब देश बदल्ने अभियानमा रहको बताएका हुन् । उनले अहिलेको अवस्थामा सबैभन्दा नयाँ पार्टी माघ १ गते अधिवेशन सम्पन्न गरेसँगै कांग्रेस भएको उल्लेख गरे ।

Advertisement

सभापति थापाले कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पुर्‍याउनुपर्ने र हिजो कांग्रेसलाई मत हालेका २७ लाख मतदातामाझ गएर वास्तविकता बुझाउन सक्नुपर्ने बताए ।

सभापति थापाले अधिवेशनपछि अव पार्टीमा कुनै पक्ष र विपक्ष नरहेको भन्दै एक भएर निर्वाचनमा होमिनुपर्नेमा जोड दिए । देशमा देखिएको भागबन्डाको संस्कृति तथा भ्रष्टाचार रोक्न कांग्रेस सशक्त भएर जाने भन्दै सभापति थापाले नयाँ कांग्रेसको सन्देश सामाजिक सञ्जालमार्फत समेत फैलाउन आग्रह गरे ।

यस्तै, कांग्रेस महामन्त्री एवम् काठमाडौँ–५ का उमेदवार प्रदीप पौडेलले नागरिकको अपेक्षाअनुसार नीति र नेतृत्व दुवै सच्चिएर आएकाले पार्टीले नागरिकको विश्वास जित्ने बताए ।

महामन्त्री पौडेलले कसैलाई गाली गरेर मात्र आफू योग्य नभइने भन्दै दृष्टिकोण र एजेन्डाका आधारमा अरू भन्दा राम्रो बन्न सकिने धारणा राखे ।

शेयर गर्नुहोस:

162
Shares