मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

निर्वाचन आचारसंहिता पालना गर्न प्रजिअ लुइँटेलको निर्देशन

निर्वाचन आचारसंहिता पालना गर्न प्रजिअ लुइँटेलको निर्देशन


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष तथा धाँधलीरहित बनाउनका लागि निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न सरोकार भएका सबैलाई निर्देशन दिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषाद्वारा जनकपुरधाममा आयोजित निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचन आचारसंहिताको पालना नगर्नेलाई कानुनबमोजिम कारबाही गरिने जानकारी दिए ।

Advertisement

जिल्लाअन्तर्गतका विभिन्न राजनीतिक दलका नेता, उम्मेदवार, कार्यालय प्रमुख तथा सञ्चारकर्मीको सहभागिता रहेको सो बैठकमा प्रमुख जिल्ला अधिकारी लुइँटेलले निर्वाचनका लागि शान्तिपूर्ण रूपमा वातावरण निर्माण भएकाले निर्वाचन निष्पक्ष हुने विश्वास व्यक्त गरे । उनले निर्वाचनलाई शान्तिपूर्ण तथा संयमित गराउनका लागि शान्तिसुरक्षाको पूर्ण व्यवस्था गरिएको बताउ ।

निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना खटिएको उल्लेख गर्दै प्रजिअ लुइँटेलले मतदान केन्द्रको पूर्ण सुरक्षाको व्यवस्था गरिएको जानकारी दिए । आवश्यक परेको खण्डमा प्रत्येक मतदान केन्द्रमा पाँचदेखि सात मिनेटमा थप सुरक्षा निकाय पुग्ने उनको भनाइ छ ।

सोही अवसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख निर्वाचन अधिकृत सुभाषबाबु पुरीले निर्वाचनको सम्पूर्ण वातावरण तयार भइसकेको उल्लेख गर्दै निष्पक्ष निर्वाचन तथा सुशासन कायम गर्नका लागि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न/गराउन सबैलाई आग्रह गरे । उनले कुनै पनि राजनीतिक दल तथा उम्मेदवारले सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह नगर्न आग्रह गरे ।

निर्वाचन आचारसंहिताको नियमित अनुगमन भइरहेको जनाउँदै पुरीले आचारसंहिता विपरीत कार्य गर्नेलाई कानुनबमोजिम कारबाही गरिने उल्लेख गरे । धनुषामा प्रतिनिधिसभा सदस्य पदका लागि चार निर्वाचन क्षेत्र रहेका छन् । जसअन्तर्गत जिल्लामा ६४५ मतदान केन्द्र र ३२२ मतदानस्थल ताकिएको छ । एक सय ९४ वटा अतिसंवेदनशील मतदानस्थल छन् ।

शेयर गर्नुहोस:

81
Shares