मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

‘देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउनु हुँदैन’

‘देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउनु हुँदैन’


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउन नहुने बताएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ खोज्ने नाममा देशलाई प्रयोशाला बनाउन नहुने बताए ।

Advertisement

देशको विकास, नागरिक अधिकारको रक्षा र स्वतन्त्रताका लागि भरोसायोग्य नेतृत्व आवश्यक रहेको भन्दै उनले अहिलेको अवस्थामा झनै सचेत भएर निर्णय गर्नुपर्ने बताए । ‘नागरिक मत नै परिवर्तनको आधार हो, त्यो जिम्मेवार प्रतिनिधिलाई मत दिएर प्रयोग गर्न आवश्यक छ’, उनले भने, ‘मतदान गर्ने कुरा तरकारी किन्दा छनोट गरेजस्तो विषय हैन, ज्यादै ध्यान दिएर आफ्नो र देशको भविष्य बनाउने भरोसायोग्य नेता चयन गर्नुपर्ने छ । यसपटक त्यसमा सबै सचेत बनौँ ।’

उनले आफ्नो पार्टीले जनअपेक्षाअनुसार घोषणापत्र तयार गरिरहेको जानकारी दिँदै त्यसमा सबैले अपनत्व महसुस हुने गरी दृष्टिकोण अगाडि सारिने बताए । ‘हामी सबैको अपनत्व र सहभागिताको अनुभूति हुनेगरी छोटो र दीर्घकालीन दृष्टिकोण समेटिएको घोषणापत्र तयार गर्छौं, त्यसको तयारी हुँदैछ’, उनले भने, ‘केही दिनमा सार्वजनिक गरेर जनताका माझ पुर्‍याउँछौँ ।’

प्रवक्ता चालिसेले संयमित, व्यवस्थित र संस्कारयुक्त निर्वाचन प्रचार–प्रसारका लागि आग्रह गर्दै आचारसंहिताअनुसार मात्र प्रचारप्रसारमा पार्टीको झन्डा प्रयोग गर्न सचेत गराए ।

शेयर गर्नुहोस:

27
Shares