ड्यालस (अमेरिका) । टेक्ससको अर्भिङ्ग र फ्रिस्कोमा भारतीयमुलका व्यक्तिहरूबाट संचालित दुई वटा गहना पसलमा फेडरल र कोलीन काउण्टी प्रहरीले संयुक्त रुपमा छापा हानेर केहीलाई हिरासतमा लिएको छ ।
सुन लगायतका गहना विक्री गर्ने ती पसल ठगी धन्दामा संलग्न भएको सुराकीका आधारमा राजश्व तथा प्रहरीका निकायले केही अघि देखी अनुसन्धान गरिरहेका थिए । सोही आधारमा त्यहाँ छापा मारिएको स्थानीय संचार माध्यमले जनाएका छन ।
दुई मध्ये एक अर्भिङ्गको भ्यालीरेञ्चमा अवस्थित तीलक ज्वेलर्स र फ्रिस्कोमा रहेको साइमा ज्वेलर्समा छापा मारिएको हो । तीलक ज्वेलर्स लामो समय देखी त्यहाँ गहना पसल संचालन गर्दै आएको थियो । यसका कैयौं नेपाली पनि ग्राहक पनि थिए ।
विभिन्न बहानामा बृद्ध बृदाहरुलाई त्रास र धम्की दिई सुन किन्न लगाउने र उक्त सुन आफ्नो मान्छे मार्फत वुझेर फेरी पसलमा गहना वनाएर विक्री गर्ने आरोप यसका संचालकलाई लगाईएको छ । यसरी ठगी गरेर प्राप्त गर्ने सुनलाई यही र विदेशमा समेत विक्री गर्ने भेटिएको प्रहरीले संचारमाध्यमलाई जानकारी दिएका छन् । ती गहना पसलका संचालकलाई लाखौ डलर ठगी गरेको आरोप लगाईएको छ ।
कोलीन काउन्टीबासी दुइसय जनाबाट ७० लाख डलर बराबरको ठगी गरेको र टेक्सस भरिमा कम्तिमा ५ करोड ५५ लाख डलर बराबरको ठगी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रहरीका अनुसार स्क्याम मार्फत बृद्ध, बृद्धाहरूलाइ लामो समय देखि उक्त पसलले रिटायरमेन्ट फण्डको रकम सुन्न किन्न लगाएर ठगी गर्दै अएको थियो ।
संसारभरि सुन महंगो भएको समयमा यस्तो छापा परेको हो ।












प्रतिक्रिया