मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

युद्ध अन्त्यका लागि अमेरिकी दबाबबीच पुटिनले अमेरिकी कुटनीतिज्ञसँग भेट्ने

युद्ध अन्त्यका लागि अमेरिकी दबाबबीच पुटिनले अमेरिकी कुटनीतिज्ञसँग भेट्ने


शेयर गर्नुहोस:

513
Shares

  • change font
  • change font
  • change font

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार अमेरिकी विशेष दूत स्टिभ विटकोफसँग भेटवार्ता गरेका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बुधबार समाचार संस्था, आरबिकेसँग भने, “भोलिका लागि यस्ता सम्पर्कहरू राष्ट्रपतिको तालिकामा छन्।”

विटकोफले डाभोसमा हुने विश्व आर्थिक मञ्चबाट बिहीबार राति ट्रम्पका ज्वाइँ जारेड कुश्नरसँगै मस्को जाने योजना रहेको बताएका हुन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुस–युक्रेन द्वन्द्वलाई अन्त्य गर्ने विषयमा वार्ता गर्ने जिम्मेवारी दुवै अधिकारीलाई दिएका छन् ।

Advertisement

विटकोफले ब्लूमबर्ग टिभीलाई दिएको अन्तर्वार्तामा भन्नुभएको छ, “जेरेड र म बिहीबार राति मस्को पुग्नेछौँ र त्यसपछि संयुक्त अरब इमिरेट्स (युएई) पुग्नेछौँ ।

विटकोफले भने, “रूसले बैठकको लागि अनुरोध गरेको थियो र दुई पक्ष सम्झौताको अन्तिम ‘१० प्रतिशत’ बिषयमा छलफल हुनेछ।” उनले बुधबार युक्रेनी पक्षका अधिकारीहरूसँग भेट गर्ने बताएका छन् ।

संयुक्त राज्य अमेरिकाले हालैका महिनाहरूमा दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा घातक द्वन्द्व ९युक्रेन युद्ध० अन्त्य गर्न सम्झौता गर्ने प्रयासहरू तीव्र पारेको छ ।

युक्रेनले सम्झौताको ‘९० प्रतिशत’ सहमति भएको बताएको छ तर रूसद्वारा कब्जा गरेको भनिएका भूभाग नै छोड्ने प्रश्न लगायतका प्रमुख पेचिला मुद्दाहरू अझै पनि समाधान हुन सकेका छैनन् ।

किएभले युद्धपछिको सुरक्षा सुनिश्चिततामा आफ्ना सहयोगीहरूबाट पनि स्पष्टता खोजिरहेको छ, जुन उसले मस्कोलाई नयाँ आक्रमण सुरु गर्नबाट रोक्नको लागि महत्त्वपूर्ण रूपमा हेर्छ ।

यो वार्ता मस्कोको आक्रमणको चौथो वार्षिकोत्सवको रूपमा आएको छ र मस्कोले हिउँदभरि युक्रेनको ऊर्जा सुविधाहरूमा प्रहार गरेको छ । एएफपी

शेयर गर्नुहोस:

513
Shares