मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
नेपाल   
बोस्टन   
मनोरञ्जन   

कार्कीको दोश्रो गीत ‘ माछापुच्छ्रे छायाँ छ ताल माथि’ सार्वजनिक

कार्कीको दोश्रो गीत ‘ माछापुच्छ्रे छायाँ छ ताल माथि’ सार्वजनिक


शेयर गर्नुहोस:

216
Shares

  • change font
  • change font
  • change font

बोस्टन, अमेरिका।  गीत सङ्गीतको क्षेत्रमा उदाउदै गरेका गायक निर्मल कार्कीले आफ्नो दोश्रो गीत ‘माछापुच्छ्रे छायाँ छ ताल माथि…’ सार्वजनिक गरेका छन्। उनले अङ्ग्रेजी पात्रो अनुसार नयाँ वर्ष सन् २०२६ को पहिलो दिनमा शुभसाइत पारेर उक्त गीत सार्वजनिक गरेका हुन्। उक्त गीत सामाजिक सञ्जाल यू ट्युबमार्फत सार्वजनिक गरिएको हो।

कार्कीले गाएको उक्त गीतमा रामहरि पौडेको शब्द रचना, सुजेन्द्र ध्वज कार्कीको सङ्गीत र एरेन्जर पवन तुन्दुकारको सङ्गीत संयोजन रहेको छ। मिनाक्षी कोइरालाद्वारा निर्देशित यस गीतमा सागर थापा र कुसुम शर्माले मोडलिङ गरेका छन्।

Advertisement

गीतको शब्द, सङ्गीत, दृश्य, गायन, अभिनय आदिलाई उचित संयोजन गर्ने भरमग्दूर प्रयास गरिएको जनाउदै गायक कार्कीले आफ्नो दोश्रो गीतले धेरै गीत सङ्गीत प्रेमीहरुको मन जित्न सक्ने अपेक्षा राखेका छन्।

पोखराको फेवा ताललाई केन्द्रमा राखेर छाँयाङ्कन गरिएको यस गीतले प्राकृतिक सौन्दर्यता, नेपाली गीत/सङ्गीत, प्रेम, यौवन, जवानी, जीवन र जगतलाई जोडेर सुन्दर ढङ्गले पस्किने प्रयास गरेको छ।

झण्डै १७ वर्ष अघि सन् २००८ मा नेपालको ललितपुर जिल्ला, लगनखेलबाट अध्ययनको सिलसिलामा अमेरिकाको बोस्टन भित्रिएका कार्कीले, गत वर्ष आफ्नो पहिलो साङ्गीतिक सौगात स्वरुप ‘फूल झैं मन्द बास्ना…’ सार्वजनिक गरेका थिए।

कार्कीले आफ्नो पहिलो गीत दर्शक/श्रोताहरुले मनपराइदिएको र साङ्गीतिक क्षेत्रमा अगाडि बढ्न हौसला र उत्प्रेरणा मिलेकाले यो दोश्रो प्रयास गरिएको जिकिर गरे। उनले यो दोश्रो गीत सुनेर र हेरेर अमूल्य सुझाव सल्लाह दिन दर्शक/श्रोताहरुलाई अनुरोध गरेका छन्।

श्रीमति प्रतिमा कार्की, छोरा निर्भान कार्की र छोरी नोरा कार्कीको साथमा बोस्टनमा बस्दै आएका कार्कीले बोस्टन स्थिति पशुपतिनाथ बुद्ध मन्दिरमा हुने भजन किर्तन कार्यक्रममा हर सम्भव सहभागी भइ आफ्नो गायकी कला र सीपलाई थप निखार्ने प्रयास गरिरहेका छन्। बेलाबखत मौका मिल्दा उनले बोस्टनमा हुने साङ्गीतिक कार्यक्रमहरुको मञ्चमा पनि आफ्नो गायन कला प्रस्तुति गर्ने गरेका छन्।

शेयर गर्नुहोस:

216
Shares