ड्यालस (अमेरिका) । दोस्रो वार्षिक सीपीआर तथा फर्स्ट एड सचेतना कार्यक्रममा युवाहरूको उल्लेख्य सहभागिता भएको छ ।
युलेसको पुस्तकालयमा अइतबार भएको यो कार्यक्रममा युवाहरू र सरोकारवालाहरूको उत्साहपूर्ण सहभागिता रह्यो। विशेषगरी दोस्रो पुस्ताका युवाहरूलाई लक्षित गरी आयोजना गरिएको यो कार्यक्रमले आपतकालीन अवस्थामा जीवन बचाउने सीप, तयारी र जिम्मेवारीबोधलाई सुदृढ बनाउने उद्देश्य राखेको थियो। कार्यक्रमको नेतृत्व मोनसन खराल र सुप्रीम शर्माले गर्दै सहभागीहरूलाई सीपीआर र फर्स्ट एडका महत्वपूर्ण विधिहरू सरल ढंगले सिकाए।
करिब एकसय जनाको सक्रिय सहभागिता सहित सम्पन्न भएको यस कार्यक्रमलाई समुदायले यस वर्षका सबैभन्दा प्रभावशाली र सफल युवा-केन्द्रित कार्यक्रम का रूपमा चर्चा गर्यो। युवाहरूको पहल, सहभागिता र नेतृत्वले कार्यक्रमलाई झनै सार्थक बनाएको सहभागीहरूले बताए।
आयोजकहरूले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै होस्ट, प्रस्तुतकर्ता, अभिभावक, तथा स्वयंसेवकप्रति हार्दिक आभार व्यक्त गरे। दोश्रो पुस्ताको क्षमता, ज्ञान र सेवा भावनालाई अझ सुदृढ बनाउने लक्ष्यका साथ यस्तो कार्यक्रमलाई आगामी दिनहरूमा निरन्तरता दिने योजना रहेको बताइयो।












प्रतिक्रिया