ड्यालस, टेक्सस । अमेरिकाको लोकप्रिय बास्केटबल प्रतियोगिता एनबीए मा पहिलोपटक नेपाली नृत्यसमूहले प्रस्तुति दिएर इतिहास रचेका छन्। ड्यालस म्याभरिक्स र एलए क्लिपर्सबीचको खेलमा मण्डला डान्स समूहले मध्य समयमा आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गरेको हो।
मण्डला डान्स समूहका ४२ जना कलाकारले नेपथ्यको गीत ‘मै नाचे छमछमटी’ मा रंगीन पोशाक र सुन्दर तालमेलसहित नृत्य गरे। हजारौँ दर्शकहरूले ताली र उत्साहसहित स्वागत गरेका कारण यो प्रस्तुति केवल मनोरञ्जन नभई नेपाली संस्कृतिको परिचय बन्यो।

यो प्रस्तुति केवल मनोरञ्जन मात्र नभई नेपाली समुदायको प्रतिनिधित्व, सांस्कृतिक पहिचान र एकताको प्रतीक बनेको थियो। प्रस्तुतिपछि आयोजकहरूद्वारा प्राप्त प्रशंसा र दर्शकहरूको उत्साहपूर्ण प्रतिक्रियाले नेपाली समुदायको गौरव झन् उचो बनाएको छ।
डान्स समूहले “हाम्रो संस्कृति र एकता विश्वमञ्चमा देखिनु गर्वको कुरा हो” भन्दै समर्थन गर्ने सबैलाई धन्यवादज्ञापन गरेको छ। समूहले यस गीतमा आफ्नो स्वामित्व नभएको र नेपथ्य ब्यान्डप्रति सम्मान व्यक्त गरेको पनि स्पष्ट पारेको छ।
यो प्रस्तुति केवल नृत्य मात्र होइन, नेपाली कला–संस्कृतिको विश्व–पहिचान बन्ने अर्को कदम बनेको छ। अमेरिकी नेपाली समुदायका लागि यो दिन इतिहास र अभिमानसँग जोडिएको महत्वपूर्ण उपलब्धि हो।












प्रतिक्रिया