मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

ट्रम्पको ५० वर्षे घर–कर्जा प्रस्ताव: अमेरिकी आवास संकटको समाधान कि नयाँ आर्थिक जोखिम?

ट्रम्पको ५० वर्षे घर–कर्जा प्रस्ताव: अमेरिकी आवास संकटको समाधान कि नयाँ आर्थिक जोखिम?


शेयर गर्नुहोस:

621
Shares

  • change font
  • change font
  • change font

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय ५० वर्षे मोरगेज (घर–कर्जा अवधि) को प्रस्ताव अघि सारेका छन्। उनीका अनुसार, यो मोडेलले अमेरिकामा घर किन्ने इच्छा राख्ने लाखौँ नागरिकलाई मासिक किस्ता सहज बनाइदिनेछ। लगातार बढिरहेको आवास भाउ, कर्जा उपलब्धता र ब्याजदरको भारका कारण आज अमेरिकामा घरधनी बन्ने प्रक्रिया अत्यन्त चुनौतीपूर्ण बनेको छ।

तर, विज्ञहरू भने यो योजनालाई राहतभन्दा दीर्घकालीन आर्थिक जालका रूपमा व्याख्या गरिरहेका छन्। ५० वर्षे मोरगेजको अर्थ हो—धेरै लामो समयसम्म ऋण तिर्नुपर्नु र कर्जाको कुल लागत झनै बढ्नु। आवास अर्थशास्त्रीहरूको भनाइमा, मासिक किस्ता कम हुने देखिए पनि, लामो अवधि भएकाले कुल ब्याज रकम दुई गुणासम्म बढ्न सक्छ। विशेषज्ञहरू यसलाई “अस्थायी समाधान” भन्दै मूल समस्या—मूल्य बढ्नु र घरको आपूर्ति कमी—नजिकै छैन भन्छन्। उनीहरूको तर्क छ, कर्जा अवधि बढाएर होइन, आवास निर्माण वृद्धि, भूमि नीतिमा सुधार र ब्याजदर स्थिरता नै समाधानको मुख्य उपाय हो।

५० वर्षे मोरगेजले अर्को समस्या पनि निम्त्याउन सक्छ—घरको इक्विटी बढ्न अत्यन्त ढिलो हुन्छ। इक्विटी भनेको घरको मूल्यबाट कर्जा कटाएर बाँकी रहने सम्पत्ति हो। कर्जा धेरै ढिलो तिरेपछि, घरधनी बन्ने प्रक्रिया पनि लम्बिन्छ। यदि त्यस अवधिमा घरको मूल्य घट्यो वा आर्थिक संकट आयो भने, ऋण तिरेर पनि घर बेच्दा नाफा नभएर झनै घाटो हुने सम्भावना रहन्छ। विज्ञहरू भन्छन्, यसले युवा वा मध्यम आय भएका परिवारलाई भविष्यमा आर्थिक जोखिममा पार्न सक्छ।

धेरै नेपाली परिवार अहिले घर–कर्जा, पहिलो घर किन्न योजना र डाउन–पेमेंट संकलनको चुनौती भोगिरहेका छन्। ५० वर्षे मोरगेजले मासिक बोझ हल्का देखिए पनि, लामो अवधि, ब्याज वृद्धि र भविष्यको अनिश्चितताले यसको विकल्पलाई अत्यन्त सावधानीपूर्वक हेर्नुपर्ने विज्ञहरूको सुझाव छ। घर किन्ने निर्णय केवल “किस्ता सस्तो” देखिएर लिने होइन, स्थान, ब्याजदर, घरको आपूर्ति, भविष्यमा बेच्ने सम्भावना, कर्जा पुनःसमायोजन (रिफाइनान्स) विकल्प सबै एकसाथ बुझेर मात्र लिनुपर्ने आवश्यकता विशेषज्ञहरूले दोहो¥याइरहेका छन्।

ट्रम्पको ५० वर्षे मोरगेज प्रस्तावले आवास संकट समाधान गर्ने एउटा प्रयासको रूपमा देखिए पनि, यसको दीर्घकालीन आर्थिक साइड–इफेक्ट गम्भीर हुनसक्ने संकेत स्पष्ट छ। समाधान देखिएको जस्तै हुन्छ, तर जटिलता भविष्यमा बढ्नसक्छ। अमेरिकामा घर किन्न चाहने नेपाली तथा अन्य नागरिकका लागि सर्वश्रेष्ठ रणनीति भनेको—पूरा जानकारीसँग, दीर्घकालीन योजना हेरेर, जोखिम व्यवस्थापन गर्दै निर्णय लिनु हो। घरधनी बन्ने सपना आकर्षक छ, तर सही बाटो रोज्नु नै आर्थिक सुरक्षित भविष्यको आधार हो।

शेयर गर्नुहोस:

621
Shares