मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
ग्लोबल नेपाली   

नेपाली भाषाको उत्थानको लागि विदेशी भूमिमा लोभलाग्दो सक्रियता (भिडियो सहित)

नेपाली भाषाको उत्थानको लागि विदेशी भूमिमा लोभलाग्दो सक्रियता (भिडियो सहित)


वाशिङ्गटन डिसी अमेरिका- विश्वभरि छरिएर रहेका नेपाली भाषा र साहित्यको क्षेत्रमा साधनरत साहित्यकार,लेखक तथा श्रष्टाहरुले नेपाली भाषा र साहित्यको उत्थानको लागि हातेमालो गरेर काम गर्न आग्रह गरेका छन् ।

उनीहरुले विदेशी भूमिमा वसेर नेपाली भाषा र संस्कृतिको विकास गर्दे भावी पिढीलाई समेत अभ्यस्त गराउन प्रयासरत रहेको वताए ।

शनिवार अमेरिकाको वाशिङ्गटन डिसीमा अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज अनेसासको ११७ औ लक्ष्मी जयन्ती तथा पुरस्कार वितरण समारोहमा आयोजित कार्यक्रममा सहभागीहरुले यस्तो आग्रह गरेका हुन । कार्यक्रममा सहभागीहरुले नेपाली साहित्यका प्रवुद्ध लेखक , ख्यातिप्राप्त साहित्यकारहरु र साधकहरुले दशकौ अगाडिको परिवेशलाई समेटेर तयार पारेका कृतिहरुलाई अनुवाद गरेर भएपनि विश्व वजारमा पुरयाउन आग्रह गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दे अमेरिकामा नेपाली मूलको पहिलो निर्वाचित साँसद डा डेलिगेट भण्डारीले डायस्पोरामा रहेका नेपालीहरुले नेपाली भाषा र साहित्यलाई विश्वव्यापीकरण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने वताउनु भयो । भण्डारीले थप्नुभयो भाषा र साहित्यले नै प्रवासमा वसेका नेपालीहरुलाई एकताकोसुत्रमा आवद्ध गरेको छ यसलाई अझ व्यापक र विस्तृत वनाउन आवश्यक छ ।

गोरखा पत्र संस्थानका महाप्रवन्धक लाल ऐरी

गोरखा पत्र संस्थानका महाप्रवन्धक लाल ऐरीले लक्ष्मी प्रसाद देवकोटाको योगदानलाई भावी पिढीत सम्म पुरयाउन अहम भूमिका खेल्न अनुरोध गर्नु भयो । ऐरीले अगाडि भन्नुभयो विदेशी भूमिमा यसरी नेपाली कला साहित्य र स्रष्टाको वारेमा छलफल हुनु, पुरस्कार प्रदान गरिनु आफैमा एउटा महत्वपूर्ण विषय हो ।

विओटीका पूर्व अध्यक्ष डा श्याम कार्कीले भाषा र साहित्यको उत्थानको लागि अनवरत रुपमा काम गर्नेहरु र उनीहरुको योगदानले भाषा र संस्कृति जीवन्त राख्न मद्दत गर्ने वताउनु भयो ।

अनेसास विओटीका उपाध्यक्ष तीर्थराज पाण्डेयले अनेसासको माध्यमवाट प्रवासी भूमिमा भाषा र संस्कृतिको जगेर्ना गर्न निरन्तर लागि रहने प्रतिवद्धता जाहेर गर्नु भयो । पाण्डेयले थप्नु भयो हामीहरुले लेखक र श्रष्टाहरुको लागि हरेक दुई वर्षको अन्तरालमा करिव १२ हजार डलरको पुरस्कार प्रदान गरेर हौसला प्रदान गरेका छौं , संभवत यो विदेशी भूमिमा नेपाली भाषीको लागि नेपाली भाषीको तर्फवाट प्रदान गरिने सर्वाधिक राशीको पुरस्कार हो ।

विओटीका अध्यक्ष पदम विश्वकर्माले अनेसासको माध्यमवाट भाषा र साहित्यको क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गरेर मातृभूमि र प्रवासी भूमिलाई एकताको सुत्रमा बाँध्न प्रयत्नशील रहेको वताउनु भयो ।

अनेसास केन्द्रीय समितिका अध्यक्ष सर्वज्ञ वाग्लेले नेपाली भाषा र साहित्यको क्षेत्रमा काम गर्न अनेसासले आगामी दिनमा तथ्यांक र दस्तावेजीकरणलाई प्राथमिकतामा राखेको वताउनु भयो ।

कार्यक्रममा गोवद्र्धन पूजा, गीता खत्री,प्रकाश नेपाल, नारायण अधिकारी,राजु सिटौंला, विमला निरौला, सुदीपभद्र खनाल,नेत्रवन्धु पोख्रेल लगायतका व्यक्तित्वहरुले आ आफनो भनाई राख्नु भएको थियो , कार्यक्रममा ५२ जना कविहरुले आफनो कविता समेत वाचन गरेका थिए ।

कार्यक्रममा अनेसासले प्रदान गरिने विभिन्न विधाका पुरस्कारहरु अनेसास विओटीका पूर्व अध्यक्ष डा श्याम कार्कीले प्रदान गर्नु भयो । यसरी प्रदान गरिएका पुरस्कारहरु करिव ११ हजार ६ सय डलर भन्दा वढीको रकम वितरण गरिएको थियो । जस्मा दुई हजार एक सय डलर राशीको अनेसास सर्वोत्कृष्ठ पुरस्कार रोशन थापाको “सन्त्रासका साठी दिन” नामक उपन्यासले प्राप्त गरेको छ । अनेसास नन्दादेवी सर्वोत्कृष्ठ लोक साहित्य पुरस्कार रुकुमका लोक कथाका लेखक शशिराम कार्कीले प्राप्त गर्नुभयो, त्यसै गरी एक हजार डलर राशीका पुरस्कारहरु विभिन्न विधाका पुरस्कारहरु प्रदान गरियो । जसमा डायस्पोरा वाङ्गमय डा तुलसी आचार्यको स्वप्न भूमि, निवन्ध यात्रा पुरस्कार मोमिलाको निवन्ध संग्रह प्रश्नहरु बाँकी छन ,साँस्कृतिक अध्ययन विधाको डा दुर्गा वहादुर घर्तीलाई प्रदान गरिएको छ । अनेसास राष्ट्रकवि काव्य पुरस्कार कवि जगन्नाथ पौडेलको बग्दा बग्दै र कृसु क्षेत्रीको पसिनाको क्यानभासलाई प्रदान गरिएको थियो ।

उत्कृष्ठ कथा पुरस्कार कृष्ण कुसुमको कथा संग्रह पाश्र्व धुनलाई, उत्कृष्ठ कथा पुरस्कार अखण्ड भण्डारीको वोरा उपन्यासलाई , अनेसास गीत गजल पुरस्कार लक्ष्मण सिटौलाको गीत संग्रह धर्तीका ध्वनीलाई र अनेसास गीत, वाल साहित्य पुरस्कार वाल साहित्य यात्रामा देश की लेखिका विमला निरौलालाई प्रदान गरिएको थियो ।

यसैवीच विभिन्न साहित्यकार तथा पत्रकार , लेखकहरुलाई अमेरिकाका राज्य संसदले प्रदान गरेको प्रशंसापत्र मेरिल्याण्ड राज्यका डेलिगेट डा हयारी भण्डारीले प्रदान गर्नु भयो । उहाँहरुले नेपाली भाषा र साहित्यको उत्थानको लागि गर्नु भएको प्रयास र योगदानलाई मूल्यांकन गर्दे प्रशंसा पत्र ( साईटेशन) प्रदान गरिएको हो ।यसरी प्रशंसापत्र प्राप्त गर्नुहुनेहरुमा डा विजयराज शर्मा,भीम कार्की,वासु सत्याल, प्रकाश नेपाल ,गोविन्द गिरी प्रेरणा,भीम रेग्मी, नेजाका पूर्व अध्यक्ष विकास राज न्यौपाने, खेम भट्टचन,दिपा पुन राई, अनु शाह र रामप्रसाद खनाल रहेका छन् ।

कार्यक्रममा पुस्कृत व्यक्तित्व विकासराज न्यौपानेले आफूलाई मेरिल्याण्ड राज्य सरकारले प्रदान गरेको साईटेशन अझै थप उर्जा प्रदान गरेको वताउनु भयो । साथैं मलाई उपयुक्त ठानेर सिफारिश गर्नुहुने व्यक्तिहरु र डेलिगेट भण्डारीज्यूको कार्यालयसमेत आभार व्यक्त गर्दछु न्यौपानेले थप्नु भयो ।

शेयर गर्नुहोस:

2k
Shares