मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   

शान्तिको सन्देश फैलाउन टेक्ससदेखि डिसीसम्म भिक्षुहरूको एकसय १० दिने पैदलयात्रा सुरू

शान्तिको सन्देश फैलाउन टेक्ससदेखि डिसीसम्म भिक्षुहरूको एकसय १० दिने पैदलयात्रा सुरू


फोर्टवर्थ (टेक्सस) । विश्वमा शान्तिको कामना गर्दै बुद्ध धर्मावलम्बी भिक्षुहरूले टेक्ससदेखि अमेरिकाको राजधानी वासिङ्गटन डिसीसम्मको शान्ति पदयात्रा अाइतबार सुरू गरेका छन् ।

अमेरिकाको दक्षिणी राज्य टेक्ससको फोर्टवर्थबाट डिसीसम्मको दुइहजार तीनसय माइल पैदलयात्रा भिक्षुहरूले सुरू गरेका हुन् । माैसमले साथ दिएमा एकसय १० दिनमा यो शान्ति पदयात्रा पुरा गर्ने लक्ष्य भिक्षुहरूले लिएका छन् । कतिपयले खालीखुट्टा यो यात्रा सुरू गरेका छन् ।

दिनमा एक पटक मात्र खाएर उहाँहरूले दैनिक २० देखि २४ माइल यात्रा हिड्नुहुनेछ वाक फर पिसका सरकारी सम्पर्क संयोजक डा. निरज बज्राचार्यले हिमालयखबरसँग भने । विश्वमा शान्तिको महत्व दर्शाउन सुरू गरिएको यो यात्रा ह्वाइट हाउसमा पुगेर अन्त्य गर्ने योजनामा अायोजकहरू छन् । तर अहिलेसम्म कन्फरमेसन भने नअाइसकेको बताइएको छ ।
डा. बज्राचार्यका अनुसार शान्तिका लागि यात्राको क्रममा सहभागी भिक्षुहरूले प्राचीन बौद्ध परम्परामा आधारित कठोर तपस्वी अनुशासनको पालना गर्नेछन् । यस अन्तरगत दिनमा केवल एक पटक भोजन गर्ने र रुखमुनि सुत्ने अभ्यास समावेश छ ।

अमेरिकामै यस्तो लामो दूरीको र समयको शान्ति पदयात्रा पहिलोपटक सुरू भएको हो । फोर्टवर्थको होङ्ग दाअो विपस्यना भवनबाट अाइतबार यो यात्रा सुरू भएको हो । यो शान्ति पदयात्रामा थाइल्याण्ड, भियतनाम, म्यानमार र अमेरिकाका १९ भिक्षुहरू सहभागी छन्।

टेक्सस र सम्पूर्ण राष्ट्रभरिका नेताहरूले यस ऐतिहासिक आध्यात्मिक यात्राको लागि बधाई र समर्थन व्यक्त गरेका छन्। टेक्सस गभर्नर ग्रेग एबटले आफ्नो शुभकामना मन्तव्यमा भनेका छन्-‘शान्तिका लागि यात्राले हाम्रो विविधताको उत्सव मनाउने एक अद्भुत माध्यमको रूपमा काम गर्छ, साथै हामीलाई एकताबद्ध गर्ने सम्बन्धहरूलाई बलियो बनाउँछ।’

यस्तैगरि अमेरिकी कांग्रेस सदस्य मार्क भेसीले आफ्नो बधाई सन्देशमा भनेका छन् ‘शान्तिका लागि यात्रा अहिले हाम्रो देश र समुदायलाई अत्यन्त आवश्यक छ, किनभने यसले एकता, शान्ति, र सद्भावलाई जोड दिन्छ।’

शेयर गर्नुहोस:

1.7k
Shares